उद्यमशिलको दोश्रो साधारणसभा सम्मन्न
कमल । झापाको कमल गाउँपालिका ३ केर्खामा रहेको उद्यमशिल महिला जागरण केन्द्रले आफ्नो दोश्रो साधारणसभा सम्मन्न गरेको छ ।
सस्थाका अध्यक्ष शान्ता उप्रेति (दाहाल) को अध्यक्षतामा सम्पन्न साधारणमा प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले ,नवोदय वहुउद्येश्यिय सहकारी सस्थाका अध्यक्ष शरण कुमार पराजुली लगायतले साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा सस्थाका आजिवन सदस्यलाई प्रमाणपत्र समेत प्रदानगरीएको थियो

सस्थाले स्थानिय तह सग समन्वयगरी महिलाको ज्ञान,सिप,आयअर्जन तथा क्षमताअविवृद्धिका लागी विभिन्न तालिम प्रदान गरी आफ्ना सदस्य लाई स्वरोजगार बनाउन सस्था दिनरात लागीपरेको सचिव गौरि राईले जानकारी दिईन
कार्यक्रममा अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।