विभिन्न बाहाना देखाएर ठगी गर्दै मागिखाने देखि सावधान

विभिन्न बाहाना देखाएर ठगी गर्दै मागिखानेको आज भोलि निकै विगविगी बढेको छ ।
विभिन्न बाहाना देखाएर ठगी गर्दै मागिखाने को आजभोली गाउँ , शहर या सवारी साधन सबैतिर बच्चा ,युवा र प्रौड सबैले यो पेशालाई फैलाई रहेका छन् ।
अन्यकाम गर्नुभन्दा मागि खनु सहज त छदैछ छोटो समयमा आम्दानि पनि धेरैहुने र व्यासायिक नोक्सानि पनि नहुने भएकोले विभिन्न वाहाना बनाएर नक्कली सिफारिस बोकेर माग्दै हिड्नेको लर्को आजभोलि जताततै देख्न सकिन्छ ।
यस्ता व्याक्तिले विभिन्न वाहाना बनाएर आर्थिक संकलन गर्ने गर्दछन् । आज भोलि त झन आफु सानैदेखी बोलि नआउने , बुबा आमा नभएर आफु टुहुरो भएको , यो संसारमा आफ्ना कोहि छैनन् , बुबा आमा नभएकाले भाईबैनि लाई आफैले पाल्नु पर्ने लगायत अनगिन्ति बाहाना बनाएर कुनै सरकारी कार्यलयको नक्कली सिफारिस लिएर हिडि रहेको तपाई सबैले देखेका छौ ।
आफ्नो नाम अजय कुमार पाण्डे भएको र आफु ब्राहमण परिवारको जन्मिएको आफुहरु ७ जना सन्तान भएको सातै जनाको जिब्रो नभको र १ सय देखि ५ सय रुपैया सम्म चन्दा सहयोग गरेमा तपाई हरुका वालबच्चा लाई राम्रो हुन्छ भन्ने जिल्ला प्रशासन कार्यलय कास्किको नक्कलि सिफारिस लिएर सहयोग उठाउदै गरेको अवस्थामा कमल गाउँपालिका उपाध्यक्ष बेनु प्रसाद सिवाकाटीले नियनत्रणमा लिएर प्रहरी लाई जिम्मा लगाएका थिए ।
प्रहरीलाई जिम्मा लगाएको केहि छिन मै पाण्डे लाई प्रहरीले छोडिदियो यस विषयमा प्रहरी संग बुझ्दा यस्ता व्यक्तिलाई कार्वाहि गर्ने कुनै कानु नभएकोले सम्झाई बुझाई आईन्दा पुन यस्तो काम नगर्ने सर्तमा छाडिएको ईलाका प्रहरी कार्यलय दमकका प्रमुख विवेक पण्डितले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker