सताक्षीधामको कोटिहोममा राष्ट्रिय चासो

सरकारी स्तरबाटै हुने भयो धार्मीक महोत्सव

विनोद सापकोटा

No posts found.

झापाको सताक्षीधाममा आयोजना हुन लागेको १०८ कुण्डको कोटिहोम सरकारी स्तरबाटै हुने भएको छ ।
माहाभारतकालिन ईतिहास संग जोडिएको सताक्षीधाममा आयोजना हुन लागेको
कोटिहोम संचालनका लागि झापाका १५ वटै स्थानीय तह राजी भएपछी सरकारी
स्तरबाटै आयोजना हुन लागेको बताईएको छ । यस अघि गोलोक गोवद्र्धन गौशालाले कोटिहोमको आयोजनाको भव्य तयारी गरेको थियो । साविकको आयोजक गोलोक गोवद्र्धन गौशालाले जिल्लाका सवै स्थानीय सरकार संग यस अघि गरेको छलफलले उक्त कार्यक्रम जिल्लाका १५ वटै स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको आचार्य नन्द किशोर भारद्धाजले जानकारी दिए ।

शिवसताक्षी नगरपालिकामा आज जिल्लाका १५ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र
प्रमुख प्रसासकिय अधिकृतको बैठकले सताक्षीधाम धार्मीक महोत्सव एव १०८ कुण्डको
कोटिहोम मुल आयोजक समारोह समिति गठन गरेको छ । जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलको अध्यक्षतामा आयोजक समिति गठन भएको छ । शिवसताक्षी
नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्मा सह संयोजक रहेको सो समितिमा सतासीधाम मन्दिर बिकास समितिका अध्यक्ष प्रसाद सुब्बा सदस्य सचिव चयन भएका छन ।

त्यसैगरी जिल्लाका १४ वटा स्थानिय तहका प्रमुख र १५ वटा स्थानीय तहका उप प्रमुख आयोजक समितिको सदस्य मा चयन भएका छन । यस्तै झापाका प्रमुख जिल्ला अधिकारी
उदयवहादुर राणा र जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी उपरिक्षक दिनेश राज
मैनाली सहित जिल्ला स्थीत सरकारी कार्यलयका प्रमुख कोटिहोम आयोजक मुल
समारोह समितिको सदस्यमा चयन भएका छन ।

यस्तै झापाको निर्वाचन क्षेत्र नम्बर १ देखी ४ सम्मका संघिय साँसद र जिल्लाका
१० वटै प्रदेश सभाका सदस्य सल्लाहकार समितिमा चयन भएका छन ।
कार्तिक २७ देखी मंसिर ९ गते सम्म आयोजना हुने सताक्षीधाम धार्मीक महोत्सव
एव १०८ कुण्डको कोटिहोमको उद्धघाटन नवगठित आयोजक समितिले राष्ट्रपती
विद्यादेवी भण्डारीबाट उद्धघाटन गराउने गरी आजै देखी तयारी शुरु गरेको
आयोजक समितिका संयोजक सोम पोर्तेलले जानकारी दिए । पर्यटन भ्रमण वर्ष
२०२० लाई लक्षीत गरि आयोजना हुन लागेको सो कार्यक्रममा श्रीमद्देवीभागवत
संगितमय कथा समेत हुने गोलोक गोवद्र्धन गौशालाका अध्यक्ष तथा सताक्षीधाम धार्मीक
महोत्सव एव १०८ कुण्डीय कोटिहोमका संरक्षक आचार्य नन्दकिशोर भारद्धाजले जानकारी दिए ।

सरकारले सन २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहदा
झापामा भने स्थानीय तह मिलेर धार्मीक महोत्सवको आयोजना गर्न लागेका हुन । ‘यो कार्यक्रमले विश्वमा विषेश महत्व राख्छ,’ आयोजक समितिका संयोजक सोम पोर्तेलले भने ‘कोटिहोमकै माध्यमबाट झापाका पर्यटकिय क्षेत्रमा हामी ३० हजार विदेशी पर्यटक भित्र्याउने तयारी गरेका छौ ।’

आयोजक समितिका सह संयोजक तथा शिवसताक्षी नगरका प्रमुख चन्द्रकुमार सेर्मा सरकारी स्तरबाट आयोजना हुन लागेको यस्तो कार्यक्रमले नेपालीको परम्परा रितिरिवाज,मौलिकता र धार्मीक एकता कायम राख्ने बताए । उनले भने, ‘शिवसताक्षी नगरकै भुमिमा जिल्लाका सवै स्थानीय तह मिलेर आयोजना गर्न लागेको धार्मीक कार्यक्रमले नगरको पहिचान स्थापित हुने र जिल्लाका सवै पर्यटकीय क्षेत्रको प्रचार हुने छ ।’

सताक्षीधाममा आयोजना हुने धार्मीक महोत्सवमा विदेशका १५ सय भिआईपि र ३० हजार सर्वसाधरण पर्यटक आउने आयोजकको लक्ष्य रहेको छ । यस्तै नेपालका करिव ५लाख आन्तरिक पर्यटक सताक्षीधाम मा आउने वातावरण हुने आयोजक समितिका सह संयोजक शेर्माले बताए । । ‘शिवसताक्षी नगरमै राष्ट्रिय स्तरको धार्मीक कार्यक्रमले झापाको मात्र होईन मुलुककै गौरव बढनेमा विमती छैन शेर्माले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker