फोहोर हात भएकै कारण विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु
कमल । विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकाले आज अक्टोर १५लाई विश्व हातधुने दिवशको रुपमा मनाउन थालिएको हो ।हात फोहोर भएकै कारण पछिल्लो समय विश्वभरि प्रतिवर्ष करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु हुनेगरेको एक अध्यायनले देखाएको छ ।
यस लाई न्युनिकरण गरेर सबै जनतालाई स्वस्थ्य राख्ने उद्येश्यले आज कमल गाउँपालिका स्वस्थ्य शाखाले पनि एक कार्यक्रमका बिच हातधुने कार्यक्रम सम्पन्न गरेको छ ।
गाउपालिकाका उपाध्यक्ष बेनु प्रसाद सिवाकोटीकोले आफुले खात धोएर कार्यक्रकको उद्घाटन गरेका थिए ।
यस्ता कार्यक्रमलाई कोठाभित्र भन्दापनि सुकुम्वासि, विपन्न,अशिक्षित भएका ठाउमा सन्चालनगर्दा प्रभावकारी हुने गाउँपालिकाका उपाध्यक्ष सिवाकोटीकोले बताए ।
सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने आयोजकको भनाई छ ।
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरीछ ।
विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाका कारण संक्रमण हुने गर्दछन् । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारी भएकोले पछिल्लो समय साबुन पानिले हातधुने प्रचलन बढेको छ ।

यसलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएके हो । नेपालमा पनि नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागीतामा यस दिवस भव्यताकासाथ मनाउन थालिएको छ ।
।

विश्व स्वास्थ संगठनका अनुसार शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि साबुन पानिले हात धुनुपर्छ ।
हात कसरी धुने भन्ने विषयमा
सर्वप्रथम सफा पानीले हात भिजाउने।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुबै हत्केलालाई एकआपसमा दलेर औलाका कापसम्म साबुन पूर्याउने ्र
यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने ्र
यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।
धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ, सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ,औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।
सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्दा राम्रो हुने विज्ञहरु बताउछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता होला की ।