अन्तर्राष्ट्रिय झापाली समाजद्वरा पत्रकार उपचार कोषलाई ५१ हजार प्रदान

बिर्तामोड÷ नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि अन्तर्राष्ट्रिय झापाली समाजले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
आज शुक्रबार बिर्तामोडमा आयोजित कार्यक्रमका वीच समाजले कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरी, पूर्व अध्यक्ष कृष्ण हुमागाई, महासंघका सहसचिव तथा कोषका सचिव केशव भट्टराईलाई उक्त रकम हस्तान्तरण गर्यो ।
कमाईको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ पत्रकार उपचार कोषलाई सहयोग गरिएको समाजका अध्यक्ष दिनेशकुमार पोखरेलले बताए । अध्यक्ष पोखरेलले झापाली पत्रकारले दीगो सोचका साथ अघि बढाएको उपचार कोषको अभियानको सराहना समेत गरे ।
पत्रकारको हितका लागि एक करोड रुपैयाँको अक्षयकोष बनाउने उद्देश्यसहित महासंघद्धारा सञ्चालित अभियानमा सबैले सहयोग गरिदिन सो अवसरमा आह्वान समेत गरिएको छ । उक्त अवसरमा महासंघका पूर्व अध्यक्ष हुमागाईं, पत्रकार उमाकान्त खनालले अन्तर्राष्ट्रिय झापाली समाजलाई सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।
कोषको व्याजबाट घाइते तथा विरामी पत्रकारलाई सहयोग प्रदान गर्न समेत थालिएको छ । कोषमा हाल ४० लाख रुपैयाँभन्दा बढी जम्मा भइसकेको छ । पत्रकार महासंघको सदस्यता प्राप्त गरिसकेका एक सयभन्दा बढी पत्रकार समेत कोषको सदस्य भइसकेका छन् ।
कोषबाट सुविधा लिनका लागि महासंघका सदस्यले अनिवार्यरुपमा कोषको सदस्य बन्नुपर्ने कार्यविधिमा व्यवस्था छ ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker