मैत्रिपुर्ण फुटवल प्रतियोगिताको उपाधि शिवसताक्षीको कब्जामा

कमल । कमल गाउँपालिका र शिवसाताक्षी नगरपालिका विच भएको मैत्रिपुर्ण फुटवल प्रतियोगिताको उपाधी शिवसताक्षी नगरपालिकाले जितेको छ ।
कमल गाउँपालिका लाई १— ० ले पछि पार्दै शिवसताक्षीले प्रतियोगिताको उपाधी जितेको हो ।
खेलको पहिलो हाफको अन्तिम समयमा शिवसताक्षी का तर्फ बाट पेलाल्टि प्रहार गर्दै रजिन मामिmले गरेको गोल नै प्रतियोगिताको निर्णयक गोल भएको थियो ।

No posts found.
This image has an empty alt attribute; its file name is g-1-1024x576.jpg


तोपगाछी धरमपुर मैत्रि समाजले हरेक वर्ष बडा दशैको अवसरमा शुभकामना आदानप्रदानका साथै विभिन्न कार्यक्रम गर्ने गरेको छ । यस क्रममा यस वर्ष शुभकामना आदानप्रदानका साथ मैत्रिपुण फुटवल प्रतियोतिाको आयोजना गरेको समाजका सचिव बेगन्द्र सुब्बाले बताए ।

This image has an empty alt attribute; its file name is y-1024x576.jpg


प्रतियोगिताका विजेता टिम लाई प्रमुख अतिथी १ नम्बर प्रदेशमा आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कुमार कार्किले ट्रफि, प्रमाणपत्र र नगद द्वारा पुरस्कृत गरेका थिए । कार्यक्रमका विषेश अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ललेले बडा दशैको शुभकामना का साथ विजेता टिम लाई बधाई तथा शुभकामना मन्तव्य राखेकी थिईन् भने कुसुम दाहान ,रोजिना खत्रि र प्रितम आचार्यले गायन प्रस्तुत गरेका थिए ।
कार्यक्रम समाजका उपाध्यक्ष रामचन्द्र खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker