नगरपालिकाद्धारा पत्रकारहरुमार्फत शुभकामना प्रदान, प्रम ओलीको कार्यक्रम सार्वजनिक

कमल/ दमक नगरपालिकाले वडादशैं, तिहार, नेपाल सम्वत ११४० र छठ लगायत महत्वपूर्ण पर्वहरुको अवसरमा आज ( बिहिबार) आफ्नै सभाकक्षमा पत्रकारहरुलाई बोलाएर शुभकामना प्रदान गरेको छ ।
नगरपालिकाको बोर्ड बैठकको निर्णय अनुसार यस बर्ष पत्रकारहरुलाई बोलाएर शुभकामना आदनप्रदान गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिनाले बताए ।
कार्यक्रममा दमक नगरपालिकाकी कार्यवहाक नगर प्रमुख गीता अधिकारीले नगरपालिका पत्रकारीताको हित र विकासका निम्ती प्रतिबद्ध रहेको बताउँदै सबै चाडपर्वहरुको अवसरमा सञ्चार क्षेत्रमा थप उन्नती र प्रगतिका लागि शुभेच्छा प्रकट गरिन् । नगरपालिकाले सबै नगरबासीहरुप्रति समेत शुभकामना व्यक्त गरेको छ ।

No posts found.

नगरपालिकाले प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि बर्षौदेखि हरेक वर्ष झापाको विर्तामोडमा गर्दै आएको शुभकामना आदनप्रदान कार्यक्रमलाई यस पटक दमकमा गर्ने तयारी गरेको भन्दै खुशी समेत व्यक्त गरेको छ ।
कार्यक्रममा कार्यवहाक नगर प्रमुख अधिकारी, प्रमुख प्रशासकिय अधिकृत गणेश तिम्सिना र दमक १० का वडाध्यक्ष बोधराज न्यौपानेले नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको निजी खर्चमा स्थानीय पार्टी , सहयोगी, शुभेच्छुकहरुको व्यवस्थापनमा यही असोज २० गते दमकमा शुभकामना आदनप्रदानको कार्यक्रम रहेको जानकारी गराए ।
(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले यस अघि हरेक वर्ष सो कार्यक्रम विर्तामोडमा गर्दै आएका थिए ।

यसअघि आज बिहीबार नेपाल चीन मैत्री औद्योगिक पार्कको शिलान्यास र मावा खोलामा निर्मित पक्की पूल उद्घाटन कार्यक्रममा प्रम ओली झापा आउने सार्वजनिक भएको थियो । मौसमका कारण स्थगित भएको भनिएका ति दुई महत्वपूर्ण कार्यक्रम बारे भने नगरपालिकाले कुनै जानकारी गराएको छैन । औद्योगिक पार्कको शिलान्यास कार्यक्रम बारे नेकपाका स्थानीय नेताहरु तथा प्रम ओलीका सचिवालयका नेताहरुले यस अघि सार्वजनिक गरेका भएपनि अहिले त्यसबारेमा केहि सार्वजनिक गरिरहेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker