तीजपर्व कुनै जातिधर्म विशेषकोनभई साँस्कृतिक एकताको डोरी हो ः अध्यक्ष काफ्ले

कमल । हिन्दु नारीहरुको महानचाड हरितालिका तीज आज विभिन्न कार्यक्रमगरी मनाईएको छ ।
यसैक्रममा कमल गाउँपालिका ३ मा रहेको नवोदय सहकारी सस्थाले विभिन्न कार्यक्रम गरी तिज मनाएको छ ।
सस्थाले विहान दमक स्माईन डेन्टल क्लिनिक र पाथिभरा चश्माघर तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा आफ्ना सदस्यहरुको आखाँ तथा दात सम्बन्धि निःशुल्क स्वस्थ्य शिविर सञ्चालन गरेको थियो भने दिउसो स्थानिय भजन किर्तन मण्डलिको उपस्थितीमा सामुहिक तथा एकल नृत्य , कविता, गायन, संगिनी तथा तिज विशेष चेतनामुलक नाटक प्रदर्शन गरेर तिज मनाएको सस्थाका अध्यक्ष शरण कुमार पराजुलीले जानकारी दिए ।

No posts found.
This image has an empty alt attribute; its file name is dr-1024x576.jpg


प्रस्तुत गरिएका नाटक मध्ये पतन्जली योग समिती कमल गाउँपलिका प्रथम र पाथिभरा भजन किर्तन मण्डलि द्वतिय भएको र संगिनि नृत्य तृतिय भएको निर्णयम मण्डलका सदस्य मधुसुधन अधिकारीले जानकारी दिए ।
यो तीज कुनै जाति धर्म विशेषको नभई सबै नेपालिलाई एकताको डोरीले बाध्ने पर्वको रुपमा मनाउन थालिएको प्रमुख अतिथी कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताईन् । यो पर्व आजमात्र मनाउन थालिएको होईन हिजो देखिनै आफ्नो संस्कार र संस्कृती लाई जोगाउदै आएको बेला पछिल्लो समय केहि भड्किलो भएकोले यसको अन्त्य गर्न आश्यक रहेको अध्यक्ष काफ्लेले बताईन् ।

वालकलाकार रियाज रिजाल लाई सम्मान पत्र प्रदान गदै सस्थाका अध्यक्ष शरणकुमार पराजुली साथमा रियाजकी ममतामय आमा कमला खनाल (रिजाल)
This image has an empty alt attribute; its file name is g-1-1024x768.jpg


कार्यक्रममा स्थानिय संघसस्थाका प्रतिनिधी, सुरक्षाकर्मि लगाएक दुई दर्जन भन्दा बढीको उपस्थिती रहेको थियो ।
कार्यक्रम ईन्दिरा गौतम र हरिमाया दाहालले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker