फोहोर बाट निस्केको धुवाँका कारण बजारबासि हैरान

प्लाष्टिक तथा केमिकल बाट निस्केको धुँवाले क्यान्सर समेत लाग्ने खतरा

कमल । फोहोर व्यास्थापन गर्ने भन्दै बजार बाट निस्किएको फोहोर जम्मा गरेर आगो लगाउदा त्याँहा बाट निस्किएको धुवाँका कारण स्थानिय वासि का साथै सडकमा हिड्ने यात्रु समेत हैरान भएका छन् ।
झापाको कमल गाउँपालिकाको प्रवेश द्वारा केर्खा बजार बाट निस्किएको फोहोर व्यवस्थापन गर्ने भन्दै राजमार्ग उत्तर रतुवामाई वृक्षारोपण आयोजनामा लगेर आगोलगाउदा त्याहाँ निस्किएको धुवाको मुस्लोले सासैफेर्न गारो परेको स्थानिय बताउछन् ।
बजार बाट निस्किएको फोहोर व्यवस्थापनका लागी कमल गाउँपालिकाले ट्याक्टरको समेत व्यवस्था गरेको छ । तर बजार बाट निस्किएको फोहोर जम्मा गरेर बजार नजिकै राजमार्ग उत्तर लगेर आगोलगाउदा निस्किएको धुवाले सासै फेर्न गारोपरेको स्थानिय मोहन श्रेष्ठ बताउछन् ।
फोहोर बाट निस्किएको धुवाका कारण बजार बासिको स्वस्थ्यमा ठुलो असरपुगेको छ । सम्बन्धित निकायको वेवास्ताका कारण पछिल्लो समय बजारमा बसिसक्नु छैन । अर्कोतर्फ धुवाका कारण सडक दुर्घटना हुने सम्भावना समेत बढेको श्रेष्ठ बताउछन् ।
प्लाष्टिक,कुखुराका भुत्ला लगायतका फोहोरमा आगो लगाउला निस्किएको धुवाका कारण व्यवसायीका साथै बजारमा आउने ग्राहाकलाई समेत स्वस्थ्यमा ठुलो समस्य आएको छ । केहिदिन अगाडि पसलमा बस्न नसकेर साथिहरुमिलेर बाल्टिमा पानि ओसारेर आगो निभाए पनि भोलिपल्ट बाट उस्तै समस्या भएको व्यवसायी विपन निरौलाले बताए ।
जुनसुकै तरिका बाट निस्केको धुँवाले मानव स्वस्थ्यमा धेरै असर पुर्याउछ । झन फोहोर बाट निस्केको धुँवाले तत्कालका लागी आखाँ पोल्ले, नाक पोल्ने ,सासफेर्न समस्या हुने , छाला चिलाउने जस्ता समस्या हुन्छ भने प्लाष्टिक तथा केमिकल बाट निस्केको धुँवालेत क्यान्सर समेत हुने कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र बताउछन् ।
त्यसैगरी केर्खा बजारको पुर्व बस स्टेण्डको छेउमा फालिको कुखुराका भुत्ला लगायत अन्य फोहोर बाट निस्किेको दुर्गन्धका कारण व्यवासियका साथै पैदलायात्रि समेत हैरान हुने गरेको व्यवसायि बताउछन् ।

This image has an empty alt attribute; its file name is sew-1024x576.jpg


बजार बाट निस्किएको फोहोर लाई व्यवस्थापन गर्न हामि लागिपरेका छौ । सबैले आफ्नो घर पसल बाट निस्केको फोहोर लाई व्यवस्थापन गर्नेहोभने सहजरुपमा व्यवस्थापन गर्न सकिन्छ । तर सबैले यो काम बजार समितीको मात्र जिम्वेवारी भन्ने बुझाईका कारणले यस्तो समस्या आएको केर्खा बजार व्यवस्थापन समितीका सचिव विरेन्द्र अधिकारी बताउछन् ।
बजार बाट निस्कने फोहोर लाई उपयुक्त ठाउँ खोजेर व्यवस्थापन गर्न आवश्यक छ । सड्ने र नसड्ने फोहोर लाई अलगअलग छुट्याएर व्यवस्थापन गर्नुपर्ने हुन्छ । कतिपय ठाउमा फोहोर बाट मोहोर समेत बनाउन थालिसकेका छन् । यस्तो अवस्थामा सम्बन्धित निकायले यस प्रति ध्यान दिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker