हृदयघात भई दक्षिण कोरियामा मृत्यु हुने लिङ्देन परिवारलाई रु ६० हजार सहयोग

इलाम–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास समिति दक्षिण कोरियाले गत असार २८ गते अचानक हृदयघात भई दक्षिण कोरियामा मृत्यु भएका इलाम साखेजोङ-६ का टुकेन लिङ्दनको परिवारलाई ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

१४ गते अन्तिम शुद्धी कार्यमा एक कार्यक्रम गरि मञ्चका उपाध्यक्ष तथा प्रदेश नं। १ सदस्य विष्णु तुम्बाहाम्फेबाट समवेदना पत्र र पूर्व प्रवास समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश लिङ्देनद्वारा सहयोग रकम मृतकका बुबा कृष्ण बहादुर लिङ्दम र मृतक पत्नी सरस्वता नेम्बाङ्लाई संयुक्त रुपमा प्रदान गरेको छ ।

उक्त समवेदना तथा आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्षहरु डम्बर राई र डुपछिरीङ् काजी लेप्चा, उपमहासचिव तथा संचार प्रमुख दिल कुमार लावती, केन्द्रीय सदस्य तथा चुलाचुली वडा नं १ का वडाध्यक्ष पुर्ण ध्रुव लावती, के.स.कुमार तुम्बापो, मोरङ् जिल्ला अध्यक्ष दिलु लिङ्देन लावती, इलाम जिल्लाका नेताहरुको उपस्थितिका प्रदान गरिएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker