कुवेतविरुद्ध नेपालको सहज जीत, पारसको अर्धशतक

काठमाडौं,–कप्तान पारस खड्काको अर्धशतकीय पारीको मद्दतमा नेपालले आईसीसी टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतविरुद्ध सहज जित हात पारेको छ । इण्डियन एशोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

कुवेतले दिएको १४२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै १४३ रन बनायो । नेपालका लागि कप्तान पारस खड्काले ६८ रनको अर्धशतकीय पारी खेले ।

४२ बल खेलेका उनले ११ चौका र १ छक्काको सहयोगमा ६८ रन बनाएका छन् । नेपालका शरद भेषवाकरले ३८ रनको योगदान गर्दा उप–कप्तान ज्ञानेन्द्र मल्ले १९ र रोहित कुमार पौड्यालले ६ रनको योगदान गरे ।

बलिङतर्फ कुवेतका लागि मोहम्मद कासिफले तीन विकेट लिए । त्यस बाहेकका कुनै पनि बलरले विकेट झार्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनायो ।

कुवेतका लागि कप्तान मोहम्मद कासिफले सर्वाधिक ४९ रनको योगदान गरे । त्यस्तै कुवेदका अदान इदरसले २५ रन जोड्दा मोहम्मद अश्लामले २३ र १७ रनको योगदान गरे । कुवेतका लागि रभिज सन्दरावनले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान तीन–तीन विकेट लिए । त्यस्तै करण केसीले दुई विकेट लिँदा अविनाश बोहोराले एक विकेट लिए । अव नेपाललाई ग्लोबल छनोट हुन सिङ्गापुरविरुद्धको खेलमा जित आवश्यक छ ।Facebook Comments

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker