बाढीका कारण ईलाम चुलाचुलीका लावतीको मृत्यु

कमल । लगातार परेको वर्षाका कारण आएको बाढी ले आज ईलामको चुलाचुली गाउँपालिकाका स्थित बागद्वार खोलाले बगाए एक व्याक्तिको मृत्यु भएको छ ।
बाढीले बगाउदा ईलाम चुलाचुली १ हातिलेदा निवासि अन्दाजी ५० वर्षिय अञ्चल लावती को मृत्यु भएको ईलाका प्रहरीकार्यलय दमकका डि एस पी श्यामल सुब्बाले जानकारी दिए ।
लावती लाई खोलाले बगाएको जानकारी पाउन साथ विहान ९ बजे देखी परिवार, आफन्त र प्रहरीको टोलीले खाजीकार्य सुरुगरेको भएपनि साँझ ५ बजे झापाको कमल गाउँपालिका २ क्याम्पामा मृत अवस्थामा लावतीको सव भेटिएको प्रहरीले जनाएको छ । मृत लावतीका श्रीमती, एक छोरा र २ छोरी छन्
त्यसैगरी अत्याधिक वर्षाका कारण आएको बाढीले कमल गाउँपालिका वडा नम्बर ३ स्थित राधाकृष्ण टोलका केहि घर ढुवानमा परेका छन् भने बाढीले केर्खा क्याम्पा सडक खण्ड अन्तरगत क्याम्पा नजिक सडक बाट ओभरफ्लो भएर बगेकोले खतारा बढेको स्थानिय बताउछन् ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker