बाढीका कारण चुलाचुलीका एक व्याक्ति वेपत्ता

कमल । लगातार परेको पानीका कारण आएको बाढी ले आज ईलामको चुलाचुली गाउँपालिकाका स्थित बागद्वार खोलाले एक व्याक्तिलाई बगाए बेपत्ता बनाएको छ ।
बाढीले ईलाम चुलाचुली १ हातिलेदा निवासि अन्दाजी ५० वर्षिय अञ्चल लावती लाई दिहान ९ बजे खोला तर्ने क्रममा बगाएर बेपत्ता पारेको स्थानिय तिलक फागोले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is gu-1024x576.jpg


खोलाले बगाएको जानकारी पाउन साथ खोजि कार्य सुरुगरेपनि यो समाचार तयार पारुन्जेल सम्म उनको सव फेला नपरेको प्रहरी चौकी केर्खाका ईन्चार्ज कमल थापा मगरले बताए ।
त्यसैगरी अत्याधिक वर्षाका कारण आएको बाढीले कमल गाउँपालिका वडा नम्बर ३ स्थित राधाकृष्ण टोलका केहि घर ढुवानमा परेका छन् भने बाढीले केर्खा क्याम्पा सडक खण्ड अन्तरगत क्याम्पा नजिक सडक बाट ओभरफ्लो भएर बगेकोले खतारा बढेको स्थानिय बताउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker