पाडाजुंगीको काबेली कोरिडोर सब स्टेसनमा करेन्ट लागेर खतिवडाको मृत्यु

कमल –बिजुली तार मर्मत गर्ने क्रममा करेन्ट लागेर झापामा एक कर्मचारीको मृत्यु भएको छ, भने एक कर्मचारी गम्भीर घाइते भएका छन् ।
करेन्ट लागेर मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरणको नयाँ काबेली कोरिडोर पाडाजुंगी सब स्टेसनमा कार्यरत कमल गाउँपालिका ४ निवासि ५५ वर्षीय प्रेमप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । खतिवडाको उपचारको क्रममा दमकस्थित लाइफ लाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बिजुलीको तार मर्मत गर्ने क्रममा मुगु जिल्ला निवासि हिक्मत बुढा गम्भिर घाइते भएका छन् । झापामा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलगुढी पठाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

This image has an empty alt attribute; its file name is kabeli.jpg


खतिवडाले विद्युत प्रधिकरणमा स्थाई रुपमा सेवा सुरुगरेकोे १४ वर्ष भएको थियो । यस भन्दा अगाडी प्राधिकरणको अस्थाई कर्मचारीको रुपमा कार्यरत थिए । उनले मस्याङ्गदी,भोटेकोशी,कालिगण्डकी जलविद्युत परियोजनामा हुँदै हाल प्राधिकरणको नयाँ काबेली कोरिडोर पाडाजुंगी सब स्टेसनमा कार्यरत थिए ।
उनका श्रीमती र दुई भाई छोरा छन् । नेपाल विद्युत प्रधिकरण राष्ट्रिय कर्मचारी युनियनका केन्द्रिय समिती सल्लाकार सदस्य समेत रहेका खतिवडा लाई नेकपाका केन्द्रिय सदस्य देवेन्द्र दाहालले पाटिको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली दिएपछि । आईतवार कन्काईनदिमा दाहासंस्कार गरीएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker