डेंगु रोग लाग्नबाट बच्ने उपायवारे अन्तरकृया

कमल । झापाको कमल गाउँपालिका वडा नम्बर ४ मा एक वालकको शंकास्पद रोगका कारण मृत्यु भएको हल्लाले अहिले कमल गाउँपालिकामा सन्त्रास फैलिएको छ । केहिदिन अगाडी कमल गाउँपालिका ४ स्थित फोनिक्स अंग्रेजी विद्यालयमा कक्षा ९ मा अध्ययनरत १४ वर्षका रिजेन राईको मृत्यु भएको थियो ।
केहि सन्चार माध्यमले डेंगुका कारण मृत्यु भएको समाचार प्रकाशन भएपनि अस्पतालले के कारणले मृत्यु भएको भन्ने कुरा प्रस्ट नखुलाएका कारणले पनि शंका उत्पन्न भएको परिवारले जनाएका छन् ।

This image has an empty alt attribute; its file name is ko-1024x576.jpg


अहिले जताततै डेंगुका कारण मृत्युको खबर आएकोले कमल गाउँपालिकाले पनि डेंगु सम्बन्धि सचेतना मुलक कार्यक्रम सन्चालन गरीरहेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले जाकारी दिनुभयो ।
सचेतना कार्यक्रम अन्तरगत आज कमल गाउँपालिका ४ मा डेंगु ,चिकेनमुनिया, जिका, तथा स्कावटाईफस जस्ता रोगका बारेमा विद्यार्थी , शिक्षक, अवीभावक विच स्वस्थ्य कर्यलय भद्रपुरका फोकल पर्सन जीवन चौलागाईले जानकारी गराएका थिए ।
डेंगु ज्वरो भाईसरवाट हुने एसिड एजिप्टाई जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने रोग हो यो रोगको बारेमा तथा रोग लाग्नबाट बच्ने विशेष उपायका बारेमा स्वास्थ्य कार्यलय झापाका कार्यक्रम अधिकृत कुलबहादुर पौडेलले जानकारी गराएका थिए ।
डेंगुं रोगबाट बच्नकालागि लामखुट्टेको वृद्धि रोक्ने थोरै र सफा पानी जम्न नदिने ,गमलामा रहेको पानी परिवर्तन गर्ने , लामखुट्टेले दिउसो मात्र टोक्ने हुदा पुरा वाहुला भएको कपडा लगाउने जस्ता सावधानीका उपाय अपनाएमा रोगबाट बाच्न सकिने स्वास्थ्य कार्यलयले जनाएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker