विद्युतीय बारमा करेन्ट लागेको हात्ती मृत फेला

भद्रपुर–झापाको हल्दीबारी गाउँपालिका–४ स्थित रणकाली सामुदायिक वनमा आज बिहान हात्ती मृत फेला परेको छ । सो हात्ती करेन्ट लागेर मरेको जिल्ला वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।

सामुदायिक वनको उत्तरी क्षेत्रको बस्तीलाई हात्तीबाट जोगाउने उद्देश्यले स्थानीयवासीले लगाएको विद्युतीय बारमा हात्तीलाई करेन्ट लागेको हो । जिल्ला वन कार्यालय र प्रहरीको टोली घटनास्थलमा पुगेको छ । हात्ती अढाई वर्षको रहेको सहायक वन अधिकृत जीवन पाठकले बताए ।

जिल्ला वन कार्यालयको तथ्याङ्क अनुसार झापामा एक दशकयता १० हात्तीको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट ३९ जनाले ज्यान गुमाएका छन् ।

श्रोत हाम्रोसरोकारडटकम

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker