छाडा पशु नियन्त्रणकालागी छलफल तथा अन्तरकृया

कमल । छाडा पशु नियन्त्रण गरौं, दुर्घटना हुन बाट बचौं र बचार्औ भन्ने अभियानका साथ पशुधनि र सरोकारवाला बिच छलफल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
मेचियुनेस्को क्लवको आयोजना तथा कमल गाउँपालिकाको अर्थिक सहयोग र अस्थाई ट्राफिक प्रहरी पोष्ट केर्खाको सहकार्यमा छलपल तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो ।
कमल गाउँपालिकाको पुर्व सिमाना कमल खोलादेखी पश्चिममा रतुवा होला सम्म छाडा पशुका कारण दुर्घटना हुने गरेकोले दुर्घटना न्युनीकरण गर्नका लागी कार्यक्रम गरीएको क्लवले जनाएको छ ।

No posts found.
This image has an empty alt attribute; its file name is 64820713_10205897288189191_8417088855852711936_n-1.jpg


क्लवका उपाध्यक्ष तथा कार्यक्रम संयोजक उमानाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी कमल गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डम्बर बहादुर निरौला, अतिथी ४ का अध्यक्ष प्रेम बहादुर राई र ३ का अध्यक्ष नरप्रसाद दंगाल,आदिवासि जानजाती महासंघ कमलगाउँपलिका अध्यक्ष छत्र फागो, नेपाल शिक्षक महासंघ कमल गाउँपलिका अध्यक्ष हिम प्रसाद दहाल ,टोल विकास सस्थाका अध्यक्ष तथा प्रतिनिधी र सरोकारवाला बिच असार ९ गते सितापुरी चोकमा र १० गते सानोकेर्खामा भएको छलफल तथा अन्तरकृया कार्यक्रममा सबैले आ आफ्नो ठाउ बाट प्रतिवद्धता जनाएका छन् ।
आफ्ना पशुलाई गोठमा बाँधेर पाल्ने पशु धनिलाई विमा सुविधा, एआईमा छुट , विभिन्न अनुदान लगायतका सेवा सुविधा दिने कमल गाउँपालिकाले जनाएको छ ।
दुर्घटनाका कारण पशुमरेमा पशुधनिले यातायत व्यवसायी बाट पशुको वास्तविक मुल्य भन्दा दूई तिन गुणा बढी पैसा असुल्दै आएकोमा अव पशुका कारण दुर्घटना भएमा सोको क्षतिपुर्ति पशुधनि स्वयम व्यहोन्ुापर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker