नेपाली सेनामा नयाँ भर्नाको परिक्षा लिंदै

कमल । नेपाली सेनामा नयाँ भर्नाको लागी आज लोकसेवा आयोगले परिक्षा लिएको छ ।
सेनामा जागीर खानका लागी मेचि अन्चलबाट ४ सय ५७ जनाले फारम भरेपनि प्रारम्भिक शारिरिक परिक्षामा २ सय ८९ जना मात्र सफल भएका थिए । सफल भएका परिक्षार्थिको आज कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालय केन्द्रमा लोकसेवा आयोग ईलामले लिखित परिक्षा लिएको आयोगका निर्देशक नारायाण प्रसाद कोईरालाले जानकारी दिए ।
सेनामा जागीरका लागी फारम भरेका सबै युवाले आज देशभरिवाट एकै साथ परिक्षा दिएका छन् ।
पहिले सेनाले आफै लिदै आएको परिक्षा पछिल्लो समय लोकसेवा आयोग जिम्मा दिएको छ । एकसय पुणाङ्क को परिक्षामा परिक्षार्थिले अनिवार्य ४० ल्याउनु पर्ने छ । परिक्षामा ५० पुणाङ्क, बस्तुगत , ५० पुणाङ्कको अंग्रेजि,नेपाली र गणित विषय को परिक्षा हुने निर्देशक कोईरालाले जानकारी दिए ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker