जिवनशैली खानपिन र दिनचर्याका कारण मानिस अस्वस्थ्य बन्दै
मल— जिवनशैली खानपिन र दिनचर्याका कारण हामि दिनानुदिन अस्वस्थ्य हुँदै गएको आज सम्पन्न कार्यक्रमका सहभागीले बताए ।
सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ को आयोजना तथा जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्र भद्रपुर झापाको व्यवस्थापनमा झापाको कलगाउँपालिकाको सभाहलमा सम्पन्न स्वस्थ्य जिवन कार्यक्रम अन्तरगत अभिमुखिकरण कार्यक्रममा प्रदेश नम्बर १ सांसद झलकसिंह दर्लामिले सो कुरा बताए ।
हामि हाम्रै कारणले अस्वस्थ्य जिवनतर्फ अभिप्रेरित भैरहेको बताउदै सांसद दर्लामिले सिंगो राष्ट्रको विकास र संवृद्धिका लागी जनता स्वस्थ्य हुनुपर्छ भनेर यो कार्यक्रमको आयोजना गरेको दर्लामिले बताए ।
विकास भनेको बाटो घाटो पुल पुलेंसो निर्माण गर्नुमात्र होईन । अवका दिनमा विकास भनेको आम जनाताको स्वस्थ्य संग जोडिएको हुदा त्यसतर्फ लाग्नका जिल्ला समन्वय समितीका सभापति सोम पोर्तेलले बताए । यो कार्यक्रमकम झापाका पन्द्र वटै स्थानिय तहमा सन्चालन गरीने समेत पोर्तेलले बताए ।
भान्सा नै औषधालय भएक पनि आज हाम्रै भान्सनमा रेडिमेड खानेकुरा प्रयोग भैरहेको त्यस लाई हटाउनु पर्छ र आफैले उत्पादन गरेका खाध्य बस्तु भान्सामा प्रयोगगर्न कमल गाउँपालिकका अध्यक्ष मेनुका काफ्लेले अनुरोध गरिन् ।
अभिमुखिकरण कार्यक्रममा कमल गाउँपालिकाका जनप्रतिनिधी, संध सस्थाका प्रतिनिधी स्वस्थ्य शाखा कर्मचारी ,महिला स्वयम सेविका विध्यालयका प्रद्यानापक लगायतको उपस्थिती रहेको थियो ।

जिल्ला आयुर्वेद स्वस्थ्य केन्द्र भद्रपुर झापाका डाक्टर रविन्द्र निरौलाको अध्यक्षतामा भएको कार्यक्रमका सहभागी लाई आयुर्वेद अस्पताल शिवसषक्षीका कविराज टेकनाथ अर्याल,बैगुनधुरा आयुर्वेद अस्पतालका कविराज बेद प्रकास शर्मा ले सहजिकरण गरेका थिए भने कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र शाब्दिक शब्दले स्वगत गरेका थिए ।