केर्खामा आँखा तथा दाँत सम्बन्धि स्वस्थ्य शिविर सम्पन्न

कमल । कमल गाउँपालिकाको केर्खामा आज एकदिने निशुल्क आँखा तथा दाँत सम्बन्धि स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमि विद्यालयको सभाहलभा सम्पन्न शिविरको कुईनेटो मिडिया प्रा.ली.कमल ३ र लाईन्स क्लव अफ, दमक माउन्टएभरेष्टको को आयोजना र कमल गाउँपालिका वडा नम्वर ३ को आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
शिविरमा पाथिभरा आँखा उपचार केन्द्रका डाक्टर पदम ओली (क्षेत्री) र स्माईल डेन्टल कियर दमक डाक्टर पारस पाण्डे को टोलीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।

This image has an empty alt attribute; its file name is er-1024x576.jpg


शिविरमा २ सय १३ आँखाका र १ सय ८० दाँतका गरी जम्मा ३ सय ९३ जना विरामी को आँखा र दातको स्वस्थ्य परिक्षण गरिएको लाईन्स क्लव अफ, दमक माउन्टएभरेष्ट निर्वाचित अध्यक्ष मनोज अग्रवाल ले जानकारी दिए ।
शिविर सन्चालन गर्नुको उद्येश्यका बारेमा लाईन्स क्लव अफ ईन्टरनेसनल डिस्टिक थ्रि टु फाईव ए रिजन का चियर पर्सन रामचन्द्र बरालले जानकारी गराएका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker