कमल गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभराम्भ

कमल । झापाको कमल गाउँपालिकामा आज बाट प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभराम्भ भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत फारम भरेका बेरोजगार युवा लाई आज अभिमुखिकरण तालिम दिए सगै रोजगारकार्यक्रमको शुभारम्भ भएको कमल गाउँपालिकाले जनाएको ।
रोजगारीका लागी फारम भरेका बेरोजगार युवालाई कमल गाउँपालिकाका रोजगार संयोजक भरत चन्द्र तिवारीले अभिमुखिकरण तालिम प्रदान गरेका थिए तालिमा रोजगारी श्रृजनाहुन सक्ने क्षेत्र, सेवा सुविधा लगायतका बारेमा जानकारी गराईएको थियो ।
धेरै युवाहरु विदेश भएका र विदेशमा यातना खेपेको कुरा गर्दै अव देशमा नै आफुले जानेको सिपको आधारमा रोजगारी पाईने भएको ले सबैले आफ्नै काम संझेर कामगर्न कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले युवालाई अनुरोध गरे ।

This image has an empty alt attribute; its file name is 1400-1024x768.jpg


कमल गाउँपालिका लाई संवृद्ध बनाउदै याहाँका जनाता लाई शुखी बनाउने हाम्रो अभियान रहेको छ यस अभियानमा साथ दिन बेरोजगारको फारम भरेर छनौट भएका युहारुको साथले सम्भवहुने कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताईन् ।
कमल गाउँपालिकामा १ हजार ३ सय ७० जनाले बेरोजगारको फारम भरेकोमा तत्काल १ सय जना लाई ३० दिनको रोजगारी दिन सकिने रोजगार संयोजक तिवारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker