झापा इनर्जीमा नेतृत्व चयन

बिर्तामोड । झापा इनर्जी लिमिटेडको आज बिर्तामोडमा सम्पन्न प्रथम साधारणसभाले सांसद एल पी साँवाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति सर्वसम्मत चयन गरेको छ ।

झापामा सौर्य उर्जा उत्पादन गर्ने उद्देश्यका साथ स्थापित कम्पनीले ८८ करोड रुपैयाँको लागतमा १० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम गरिरहेको प्रतिवेदन साधारणसभामा प्रस्तुत गरिएको छ । समृद्ध नेपाल सुखी नेपाली बनाउन झापाबाटै नयाँ कामको शुरुवात गर्न यस्तो रचनात्मक अभ्यास थालिएको हो ।

नवगठित सञ्चालक समितिको सदस्यहरुमा झलकसिंह दर्लामी, बसन्त बानियाँ, केदार सञ्जेल, ज्ञानुराम प्रसाईं, सुवास भट्टराई, गणेश ढकाल, नारायण पोख्रेल, रामचन्द्र उप्रेती, विराज शिवाकोटी र नरहरि फुयाँल रहेका छन् ।

साझामञ्च डटकम बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker