भद्रपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु, १४९ जनालाई एक महिना रोजगारी

भद्रपुर–प्रधानमन्त्रीको गृह जिल्ला झापामा पहिलो पटक प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ भएको छ । जिल्ला सदरमुकाम रहेको भद्रपुर नगरपालिका कार्यालयले बुधवार प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो ।

No posts found.

नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले रोजगार दाताहरूलाई पोसाक वितरण गर्दै कार्यक्रमको शुभारम्भ गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले नगरपालिकालाई प्राप्त दरखास्तका आधारमा विभिन्न प्रक्रिया पूरा गरी छनौट भएका १४९ जनालाई चालु आर्थिक वर्षभित्र एक महिने रोजगार प्रदान गरिएको बताए ।

रोजगारमा खटिएकाहरुले नगरपालिकाले खटाएको स्थानमा विकास निर्माणका काम गर्नुपर्ने कार्यालयले जनाएको छ । नगरपालिकामा १ हजार २४० महिला र ७१७ पुरुष गरी १९५७ जनाले प्रधानमन्त्री रोगजारीका लागि वडा कार्यालयमार्फत दरखास्त आवेदन दिएका थिए । तीमध्ये १४९ लाई छनौट गरिएको नगरपालिकाले जनाएको छ । छनौटहरुलाई दिनको ५१७ रुपैयाँका दरले पारिश्रमिक पाउने अधिकृत श्रेष्ठको भनाइ छ ।

छनौटमा परेकाहरुलाई नगरको १० वडामध्येबाट आवश्यकताअनुसार कम्तीमा १४/१४ जना छनौट गरिएको प्रधानमन्त्री रोजगार समिति संयोजक टीकाराम पाण्डेले जानकारी दिए । उनीहरूले वडाको सरसफाइ, सडक निर्माण, तटबन्धन, वृक्षारोपण, विद्यालय भवनको स्तरोन्नति, सरकारी कार्यालय भवनको रंगरोगनलगायतका काम गर्ने संयोजक पाण्डेले बताए । उनीहरुलाई जेठ २२ देखि असार २१ सम्म यस कार्यक्रममा सहभागी गराइने छ। छनौट भएकाहरुलले मेची पुल जोड्ने सडक बनाएर कार्यक्रमको शुभारम्भ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker