कमलका व्यासायी बिच अन्तरकृया
कमल । घरेलु तथा साना उद्योग कार्यलय झापा को आयोजना र झापा उद्योग वाणिज्य संघ कमल गाउँपालिकाको व्यवस्थापनमा १ दिने अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
घरेलु तथा साना उद्योग कार्यलय झापाका उद्योग अधिकृत दुर्गा वास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा विषेश अतिथि कमल गाउँपालिका का उपाध्यक्ष बेनु सिवाकोटीले गाउँपालिकामा रहेका व्यासायिहरुको विकासका लागी विभिन्न कार्यक्रम सन्चालन गरेको बताए । गाउँपालिकाले विभन्न कृषि उद्योग अन्तर्गत कुखुरा पालन गाईपालन तरकारी उत्पालनमा जोडदिएको समेत बताए
त्यसैगरी झापा उद्योग वाणिज्य संघ कमल गाउँपालिकाका अध्यक्ष उमाथान भण्डारीले घरेलु तथा साना उद्योग कार्यलय झापा दर्ता भएका फर्म नविकरण हुन नसकेका कारण व्यवसायी लाई परेको समस्याका बारेमा जानकारी गाराउदै यस्ता फर्म तथा उद्योग लाई नविकरण गर्ने वातावरणको लागी पहल गर्न सम्बन्धित पक्षसंग अनुरोधगरेका थिए ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय झापा उद्योग अधिकृत गोपाल लिम्बुले व्यवसाय वा उद्योग सन्चालन गर्नुपुर्व दर्ता गरेरमात्र सन्चालन गर्नुहुन अनुरोध गरेका थिए भने आफुले सन्चालन गर्ने फर्म सेवामुलक हो या उत्पादन मुलक हो सोहि अनुसार दर्ता गर्न लिम्बुले अनुरोध गरे

फर्म तथा उद्योगको नविकरण गर्ने मिति कटिसकेपछि त्यस्ता फर्म र उद्योगको पुर्न नविकरण गर्ने कानुनमा व्यावस्था नभएका कारण कार्यलयले केहि गर्न नसक्ने लिम्वुले बताए ।
त्यसैगरी जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष बुद्धि धिमिरेले उद्योगी लाई उद्योग स्थापन गर्न र व्यवसायी लाई व्यवसाय सन्चालन गर्ने वातावरण मिलाई दिन सरकारसग अनुरोध गरेका थिए । कार्यक्रम लाई विरेन्द्र अधिकारी र हर्क वहादुर बि. क. ले सन्चालन गरेका थिए
कार्यक्रममा कमल गाउँपालिकाका ६० जना भन्दा बढी उद्योगी व्यवसायी हरको उपस्थिती रहेको थियो ।