दमक नगरपालिका वडा नम्वर ८ को सरसफाई सप्ताहको अन्तिम तयारी पुरा

दमक । दमक नगरपालिका वडा नम्वर ८ले महिलाहरुमा देखिने पाठेघरको क्यान्सर परिक्षण सहितको सरसफाई सप्ताहको अन्तिम तयारी पुरा भएको जनाएको छ ।
दमक नगरपालिका वडानम्वर ८ र दमक जेसीजले आज पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरेर जेठ १० गते देखि १६ गते सम्म हुने सरसफाई सप्ताहको अन्तिम तयारी भएको जानकारी दिएको हो । सरसफाई सप्ताहको अभियानको तयारी , टोल बिकास संस्थाको प्रमुख , प्रतिनिधिलाई पत्रचार , टोलवासी , वडाबासीलाई निमन्त्रण पत्र ,स्वास्थ्य परिक्षणको लागि चिकित्सक र स्वास्थ्यकर्मीको टोली ब्यवस्थापन टोल बिकास संस्थालाई डस्वीन वितरणको तयारी लगायतको काम भइरहेको जानकारी दिइएको छ ।
जेठ ११ गते दमक ८ को वडा कार्यालयमा वडा कार्यालय दमक ८ र दमक जेसीजको आयोजनामा हुने स्वास्थ्य शिविरमामहिला वर्गमा देखि रहेको जटिल समस्यामा पाठेघरको क्यान्सरको परिक्षण युवती , वयस्क र बृद्ध सबै महिलाले चिकित्सकसंग पाठेघरको क्यान्सारको परीक्षण गराउन पाउने वडा अध्यक्ष पशुपति राज गौतमले बताए ।
सरसफाई सप्ताहले टोलबासीलाई आफनो टोल , चोक, वाटो सरसफाई गर्न तालिका बनाएर नै अभियान चलाउन प्रोत्साहन गर्ने स्वास्थ्य तथा वातावरण समिति अभियानका संयोजक प्रकाश अधिकारीले बताउनु भयो । सप्ताह अन्तर्गत ज्येष्ठ नागरिकहरुको मृगौला परिक्षण गरिने दमक ८ का वडा सचिव निधि नारायण ढुंगेलले जानकारी दिए ।
कार्यक्रममा पत्रकारहरुको जिज्ञासाको उत्तर दिदै वडा सदस्य तथा दमक जेसीजका अध्यक्ष भीम राज केसीले सरसफाई सप्ताह सफल पार्न सबै वडाबासी र संघ संस्थाका प्रमुख प्रतिनिधिहरुलाई आग्रह गरेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker