प्रदेश १ मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना

धनकुटा–प्रदेश १ का मुख्यमन्त्रीको सम्पर्क कार्यालयको स्थापना गरिएको छ । स्थापना गरिएको कार्यलयको उत्घाटन प्रदेश १ का मुख्य मन्त्री शेरधन राइले आइतबार उद्घाटन गरेका छन् ।

स्थाई राजधानीको माग गरि रहेको धनकुटामा केहि समय पहिला प्रदेश सरकारले धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यलय स्थापना गर्ने निर्णय गरेको थियो । साविक क्षेत्रिय प्रशासन कार्यलयमा रहने गरी कार्यलय स्थापना भएको हो ।

कार्यलयको उत्घाटन गर्दे मुख्यमन्त्री राईले अबको निकास आर्थिक विकास भएकोले बिकासको नयाँ मोडल आवश्यक रहेको बताए । बजेट खर्च गर्दा प्रतिफल आउने तरिका बाट खर्च गर्नु पर्ने बताउदै उनले भने आधुनिक तथा दिगो ढङ्गवाट बिकास निर्माणका गर्न आवश्यक छ । सम्पर्क कार्यलयमा मुख्य मन्त्री धनकुटा आउदा रहने तथा मन्त्री परिषदको बैठक सञ्चालन गरिने जनाइएको छ ।

त्यस्तै मुख्यमन्त्रीराईले धनकुटामा यातायात कार्यलयको समेत उद्घाटन गरेका छन । धनकुटा सहित तेह्थुम भोजपुर र संखुवासभा जिल्ला हेर्ने गरिकार्यलय स्थापना गरिएको हो । यहाबाट यातयात कार्यलयले दिने सम्पुर्ण सेवा प्रदान गरिने जनाइएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker