मेरो वर्ष अभियान २०७६ को शुभराम्भ

कमल । म स्वस्थ्य , मेरो गाउँ स्वस्थ्य, मेरो देश स्वस्थ्य भन्ने नाराका साथ आज झापाको कमल गाउँपालिका स्वस्थ्य शाखाले मेरो वर्ष अभियान २०७६ को शुभराम्भ गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले अधियानमा उल्लेख भएका नारामा सहमत जनाउदै नारा उल्लेखित व्यानरमा दस्तखत गरेपछि कार्यक्रम सुरु भएको थियो ।
उल्लेखित नारामा म तनाव रहित जिवन यापन गछुृृ, म आफ्नु घर आँगन र समुदायीको आफै सफागछुृ, म ट्राफिक नियम पालना गछुृ, म रक्सि, चुरुट र सुर्ति जन्य पदार्थ खान्न, म नियमित व्यायम गर्छु,म स्वथ्स्य र पोषिलो खान्छु, म नियमित स्वस्थ्य परिक्षण गराउँछु लगायतका विषयमा स्वस्थ्य कार्यलय झापा का प्राविधिक कुल वहादुर पौडेलले सहजिक करण गरेका थिए ।
पछिलो समयमा नेपालमा सर्ने रोग भन्दा नसर्ने रोग बाट मानिसको मृत्यु बढी हुनेगरेकोले नियमित स्वस्थ्य परिक्षण ,खानपान , व्यायाम र ट्राफिक नियमको पालन गर्न पौडेलले जोडदिएका थिए ।
कार्यक्रम अत्यन्तै प्रभावकारी भएकोले सबैले आफु स्वस्थ्य रहनका लागी आजै देखी लाग्नुपर्ने कार्यक्रमका विशेष अतिथी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले बताए ।
कार्यक्रममा वडा अध्यक्ष महिला स्वयम सेविका , कर्मचारी लगायत ९० जनाको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker