कनकाई पुलमा बम फेलाः प्रहरी र सेनाद्धारा बम डिस्पोजको तयारीमा

जीवनसिंह राजवंशी झापा,पूर्वपश्चिम राजमार्गमा पर्ने कनकाई नगरपालिकाको धार्मीकस्थल कोटीहोमस्थित कनकाई पुलमा आज आइतबार बिहान बम फेला परेको छ । कनकाई नदीकोि पूर्वीतर्फ पुलको प्रवेशद्धारमा शंकास्पद अवस्थामा एउटा झोला फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हाल सो स्थानमा नेपाल प्रहरीको टोलीले घेरा हालेर अनुसन्धान गरिहेको छ । त्यस्तैं, नेपाली सेनाको डिस्पोजल टोलीसमेत घटनास्थल आइपुगेको छ । बम कसले राखेको हो भन्ने बारेमा कुनै जानकारी छैन ।

कनकाई नदीमा बम फेला परेसंगै स्थानीयहरु त्रसित छन् । यता, सोही पुल भएर पुर्वपश्चिमतर्फ सञ्चालन हुने लामो तथा छट्टो दुरीका यातायातका सवारी साधनहरु चल्न सकेका छैनन् ।

पूर्वबाट पश्चमतर्फ लाग्दै गरेका यातायताहरु प्रहरीले सुरुङ्गामा रोकेका छन भने पश्चिमबाट पूर्वतर्फ आउने सवारीसाधनहरुलाई माइधारबाट अघि बढ्न दिएका र्छैनन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker