कमल गाउँपालिकामा रहेका सहकारी बिच व्यवसायीक कार्यविभाजन

कमल । कमल गाउँपालिकामा रहेका सहकारी सस्था बिच अबका दिनमा तिन भागमा विभाजन गरी कार्यक्रम सन्चालन गर्नेे भएका छन् ।
गाउँपालिकामा रहेका सहकारीले आफ्ना नियमित कार्यक्रमका साथै वहुउद्येश्य मा दर्ता भएका सहकारीले कृषि तथा ठुला पशुपालन ,बचत तथा ऋणमा दर्ता भएका सहकारीले साना पशुपालन र कृषि सहकारी सस्था दर्ता भएका सहकारीले तरकारी वालीको उत्पालन तथा वजारीकरण गर्ने निर्णय भएको छ ।
कमल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६। ०७७ कालागीे तयार पारिने निति तथा कार्यक्रममा सहकारीका तर्फ बाट के कस्ता कार्यक्रम समेट्न सकिन्छ सो कार्यक्रम सन्चालन गर्न सुझाव सहित आज गाउँपालिका र सहकारी विच अन्तरक्रिय कार्यक्रम सहकारी विच यस्ताभएको थियो ।
समाज रुपान्तरणका लागी तिन खम्बे अर्थनिती आवश्यक छ । जस अन्तरगत सरकार,सहकारी र निजि क्षेत्रको सहभागीतामा मात्र विकास सम्भव हुने भएकोले सहकारीले बचत र ऋणको कारोवारका साथै कृषि विकासमा समेत सहभागी हुन आवश्यक रहेको छ ।
नवोदय सहकारी सस्थाका उपाध्यक्ष बलराम गजुरेल को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले गाउँपालिका ले अवका दिनमा अनुदन कार्यक्रम लाई न्युनिकरण गर्दै उत्पादीत बस्तुको बजारको ग्यारेन्टि लिने बताईन् ।
कार्यक्रममा उपाध्यक्ष बेनु सिवाकाटीले एक सहकारी एक उत्पादनको निती अवलम्बन गरी सहकारी अगाडी बडन् सुझाव दिए । गाउँपालिका बाट वितरण भएको अनुदान रकमको कुनै उपलवब्धी नभए भन्दै अवका दिनका अनुदान रकम लाई कटौती गरिने प्रमुख प्रसासकिय अधिकृत युवराज ढकाल ले बताए ।
कमल गाउँपालिकामा रहेका ५८ वटा सहकारी सस्थाका अध्यक्ष ,व्यवस्थाक तथा कृषक समुहका प्रतिनिधी हरुको उपस्थिती रहेको थियो ।

No posts found.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker