श्री नं.२१ बाहिनी अड्डाले स्थानीय युवालाई खेलकुद सम्बन्धि प्रशिक्षण प्रदान

कमल । झापाको कमल गाउँपालिका ३ स्थित श्री नं.२१ बाहिनी अड्डाले स्थानीय युवाहरुलाई खेलकुद सम्बन्धि प्रशिक्षण दिएको छ ।
अडले खेलकुद सम्बन्धि प्रशिक्षण प्रदान गर्ने उद्येश्यका साथ सन्चालन भएको कार्यक्रममा झापा को कमल गाउँपालिका ३ केर्खा स्थित शहिद धर्मभक्त मा.वि. र इलामको चुुलाचुली गाउपालिका १ स्थीत जनता मा.वि. लगायत अन्य विद्यालयमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सम्बन्धि प्रशिक्षण प्रदान गरेको श्री नं.२१ बाहिनी अड्डाका मेजर विनोद निरौलाले जानकारी दिए ।
प्रशिक्षणमा ल्ऋऋ तालिम लिएका छात्ररछाात्रा सहित जम्मा ६० जना युवायुवती लाई फुटबल तथा बास्केटबल सम्बन्धि प्रशिक्षण दिएको थियो ।

 तालिम प्रतियोगिताको समापन अवसरमा  प्रशिक्षणबाट विद्यार्थीको खेल क्षमतामा अझै निखार आएको र प्रशिक्षण अवधिमा सबै सहभागहिरुमा त्भबm क्उष्चष्त को भावना  समेत विकास  भएको छ भने  नेपाली सेना प्रति विश्वास का साथै  आफुमा आत्मवलको विकास भएको कुरामा आफु  विश्वस्त  रहेकोे बाहिनीपति सहायक रथी श्री संजय थापाले   बताए ।   

यस किसिमको प्रशिक्षणमा युवायुवतीको उत्साहपुर्ण सहभागितालाई मध्यनजर गर्दा आगामी दिनहरुमा समेत यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिने थापाले जानकारी दिए ।
. तालिम समापनको अवसरमा सहभागि विद्यार्थीहरुलाई खेलसामाग्री र माया चिनो स्वरुप ग्लष्तभम ध्भ क्तबलम अंकित गरेको ऋग्ए प्रदान गरिएको थियो । उक्त कार्यक्रमा प्रशिक्षार्थी विद्यार्थीहरुले बाहिनी अड्डाले आयोजना गरेको क्लोज क्याम्पमा बास्केटबल तथा फुटबल खेलको ज्ञान हासिल गर्नुका साथै वार्षिक परिक्षा पछिको बिदाको समय सदुपयोग भएको र खेल कौशलताको विकासमा थप मद्धत पुगेको समेत सहायक रथी थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker