वालिका लाई ढुङ्गानाको अभिभावकत्व ग्रहण

कमल ÷ झापाको कमल गाउँपालिका कि एक वालिकाले अभिभावकत्व पाएकी छन् ।
अत्यन्त न्युन आर्थिक अवस्थामा रहेकी ३ वर्षिय रुपा दर्जिलाई कमल गाउँपालिका २ निवासि राजन ढुङ्गानाले अभिभावकत्व ग्रहण गरेका हुन् ।
स्थाई घर झापाको गारामुनि भए पनि हाल कमल गाउँपालिका २ स्थित मावलमा हजुरबुबा संग बस्दै आएकी रुपा लाई श्री महेन्द्र रत्न माध्यमिक विद्यालय व्यवस्थापन समिती का अध्यक्ष तथा समाज सेवि ढुङ्गानाले रुपाको कक्षा १२ सम्मको विद्यालयमा लाग्ने सम्पुर्ण खर्च सहितको अभिभावकत्व ग्रहण गरेका हुन् ।
ढुङ्गानाले बैशाख ४ गते बुधवार नै रुपालाई संरक्षकत्व दिएर कमल २ स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा कक्षा नर्सरिमा भर्ना गराएका थिए ।
कमल गाउँपालिकाले समेत “हाम्रो नगर हाम्रो गाउँ सबै वालवालिका लाई विद्यालयमा पुर्याउन ” राष्ट्रिय भर्ना अभियान २०७६ भन्ने अभियानका साथ सबै वालवालिका लाई विद्यालयमा पुर्याउने उद्येश्यमा गाउँपालिका लागेको बेला ढुङ्गानाको यस्तो कार्यले गाउँपालिका लाई थप सहयोग पुगेका छ ।
यस अघिपनि ढुङ्गानाले कमल १ बासबारीमा स्थित श्री बासबारी माद्यामिक विद्यालयमा स्वरस्वतिको मन्दिर निर्माण गरि हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker