सिरुवा पर्वको पहिलो दिन आज पानीमा खेल्दै तराईका कोचहरु

जीवनसिंह राजवंशी शिबसताक्षी, 2 बैशाख–नव वर्ष ०७६ सालको शुरुवातसंगै तराईका कोच आदिवाशी समुदायका मानिसहरु सिरुवा पर्वमा रमाउन थालेका छन् । बैशाख १, २ र ३ गते गरी ३ दिनसम्म मनाईने सिरुवा पर्व झापा, मोरङ्ग, सुनसरी जिल्लामा राजवंशी, ताजपुरीया, गनगाई, धिमाल लगायतका जातिहरुले सिरुवा पर्व हर्सोल्लासका साथ मनाउने गरेका छन् । आज आफुभन्दा ठुला ब्यक्तीको पाउमा पानि हालेर आर्शिवाद लिने चलन रहेको छ ।

बैशाख १ गते अर्थात आजकै दिन वर्ष भरीको रिस रागलाई पानिले पखालेर एक आपसमा पानि हालेर पहिलो दिन पानि सिरुवा, दास्रो दिन आफ्नो कुलदेवी देवताहरुको पुजा गरीन्छ र वर्षको एक दिन माटोसंग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहीआएकोले एक आपसमा काद अर्थात हिलो खेलेर काद सिरुवा खेलिने गरीन्छ । सिरुवा पर्वको अन्तिम दिन अर्थात बैशाख ३ गते नयाँ वर्षलाई हर्षोल्लासका साथ एकआपसमा रङ्ग लगाएर वर्षको स्वागत गरीन्छ ।

गत वर्षहरु झै यस वर्ष पनि तराईमा बसोवास गर्ने करीव ३ लाख ५० हजार मानिसहरु सिरुवा पर्वलाई हर्सोल्लासका साथ मनाउदैछन् सिरुवा पर्वको अवशरमा कोच समुदायका मानिसहरु ढाला पेटानि लगाएर आफ्नो सँस्कृतीलाई जोगाई राख्न विभिन्न कार्यक्रमहरुको आयोजना गरी कोच जातिका ढुल्की नाच, हुदुरधुरा नाच, घाटोसरी गीत, गरगहना प्रदर्शनी समेत गरीने गरीन्छ ।

सिरुवा पर्वको अवसरमा यस वर्ष सरकारले बैशाख २ गते तराईका झापा, मोरङ्ग, सुन्सरी, सिराहा लगायतका जिल्लाहरुमा सार्वजनिक विदा दिइएको छ । आदिवाशी कोच जातिका धर्म, सँस्कृती र चाडपर्वहरुमा सरकारले त्यती चासो नदेखाएको गुनासो कोच समुदायका मानिसहरुको रहेको छ ।

सिरुवा पर्वमा जनसहभागीता दिन प्रतिदिन् घट्दै गएको छ । जस्ले आदिवाशी कोच समुदायका भाषा,सँस्कृती र पोषाकहरु लोप हुने अवस्था रहेको छ । यस्को जर्गेना गर्न कोच समुदाय संगै स्थानिय तह तथा सम्बन्धित निकायको ध्यान जान जरुरी देखीन्छ ।

तीन दशक लामो व्यवसायीक क्षेत्रमा आफ्नो गतिलो उपस्थिति जनाइसकेको कम्पनीमा पूर्ण सरकारी स्वामित्वबाट सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको शेयरसमेत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker