समाचार स्वतन्त्र र निश्पक्ष हुनुपर्छ

कमल .पत्रकारले समाचार लेख्दा स्वतन्त्र र निश्पक्ष रुपमा लेख्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् ।
पत्रकारहरु विभिन्न पाटिसंग आवद्ध भएपनि समाचार लेख्दा स्वतन्त्र र निश्पक्ष भएर समाचार लेख्नुपर्ने नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रिय समितिले आयोजना गरेको २०७६ सालको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागी पत्रकार र सो सग सम्बन्धित संगठनका प्रमुखले यस्तो बताएका हुन ।
पत्रकारले समाचार लेख्दा जहिले पनि स्वतन्त्र र निश्पक्ष भएर लेख्नु पर्छ अनिमात्र जनताले सहि सुचना पाउने कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभासदस्य माननिय महिन्द्रा कुमारी सुब्बाले बताईन् ।
समाचार लेख्दा समाचारको गहिराई सम्म पुगेर लेख्नु पर्छ अनिमात्र त्यसले समाजमा समारात्मक सन्देस जाने नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ का सदस्य विमल लामिछानेले बताए ।

No posts found.
This image has an empty alt attribute; its file name is op-1024x576.jpg


कार्यक्रममा प्रेश युनियन जिल्ला अध्यक्ष ईन्दु पुर्वेली, सचिव डिल्लिराम प्रसाई, क्षेत्रिय सचिव गिरीराज भट्टराई , प्रेस संगटनका जिल्ला अध्यक्ष टिकाराम उप्रेती ,अग्रज पत्रकार गंजबहादुर दाहाल लगायतले पत्रकार र पत्रकारीता पेशाका बारेमा बोलेका थिए ।
नेपाल प्रेस युनियन माईपश्चिम क्षेत्रिय समिति अध्यक्ष विष्णु सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमा श्याम लम्सालले स्वगत गरेका थिएभने अर्जुन रावंशीले सन्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker