आर्थिक अभावले जीतमायाको उपचारमा कठिनाई, परिवारद्धारा सहयोगको अपिल

दमक, २९ चैत–दुबै मृगौला बिग्रिएर काम नलाग्ने भएपछि उपचार गराईरहेकी झापा दमक–३ दुम्सेकी जीतमाया राईले सहयोगको अपिल गरेकी छन् । दुई बर्षअघि मृगौलाले काम गर्न छाडेर उपचार गराईरहेकी जीतमायाले आफ्नो घरखेत जायजेथा सवै सम्पती उपचारको क्रममा सकिएपछि सहयोगको अपिल गरेकी हुन् ।

No posts found.

शुक्रबार, दमकस्थित पत्रकार मञ्चको कार्यालयमा पिडीत परिवारले पत्रकार भेटघाट गरेर जीतमायाले यस्तो जानकारी गराएका छन् । ५० बर्षिया जीतमायाको आगामी उपचार गर्न कठिनाई भइरहेको छ, श्रीमान मनबहादुर मगरले भने–’भएको सवै सम्पति सकियो । बस्न घर बाहेक अरु जग्गा–जमिन पनि छैन् ।’ जीतमायाका श्रीमान मनबहादुरका अनुसार अहिलेसम्म साढे ८ लाख रुपैया उपचारको क्रममा सकियो । अव, ‘अझै लाग्दै छ, श्वास छ र आशा पनि हुदोरहेछ, श्रीमान मनबहादुरले थपे–‘अव, कहाँबाट ल्याउँ र उपचार गराऔं ।’

आमाको बिरामीको कारण दुई छोरा छन्, उनीहरु पनि बिद्यालय जान सकेनन् । उनीहरु भारततर्फ गएका छन् । साहु र आफन्तबाट ल्याएको ऋण तीर्न भारत कमाउन गएका छन्, मनबहादुरले भने–‘आफ्ना आफन्त, घर–गाउँसहित छर–छिमेकी र टोलबासीहरुले सहयोग गरेर अहिलेसम्मको उपचार गरे ।’ अव पो कसरी उपचार गर्ने हो ?

जीतमायाको बिराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचार भइरहेको छ । ‘हप्तामा दुई पटक बिराटनगर जानु पर्छ, जीतबहादुरले भने–’डाक्टरले ड्यावोलिस् गर्न बिहिबार र सोमबार बोलाको छ तर, पैशाको अभावले जान सकेका छैनौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker