नेपालको सिंगापुरमाथि फराकिलो जित, ३१ ओभरमा अलआउट गर्दै २१७ रनको जित

काठमाडौं, २९ चैत–आईसीसी यु–१९ विश्वकप एक दिवसिय एसिया छनोटमा नेपालले सिंगापुरलाई फराकिलो अन्तरले हराएको छ । नेपालले दिएको २८३ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई नेपालले ३१ औँ ओभरमा ६५ रनमै अलआउट गर्दे २१७ रनले हराएको हो ।

नेपालका लागि पवन सरार्फले ३ विकेट लिँदा सूर्य तामाङ र कुशल मल्लले २-२ विकेट लिए । रासिद खानले १ विकेट लिँदा थप २ विकेट पनि मल्लकै बलमा सिंगापुरका खेलाडी रन आउट भए ।

नेपालका लागि पाँचौ ओभरको तेस्रो बलमा मल्लको बलमा आर्नभ चाबिरालाई राशिद खानले रन आउट गराए । चाबिराले ११ बल खेल्दै २ रन जोडेका थिए ।सातौ ओभरको पहिलो बलमा मल्लले अर्का सिंगापुरे खेलाडी अमन देशाईलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए । देशाईले २ बल खेल्दै १ रन जोडेर आउट भए ।

यस्तै १३औं ओभरको चौथो बलमा मल्लले सिंगापुरका अर्का ओपनर साई भेन्यूगोपाललाई आउट गरे । उनी ४५ बल खेल्दै तीन चौकाको सहयोगमा १८ रन जोडेर कप्तान रोहित पौडेलको हातबाट समातिए ।

यस्तै १७ औं ओभरको चौथो बलमा प्रमेश सिंगावि रन आउट भए । कुशलकै बलमा सागर ढकालले प्रवेशलाई रन आउट गराए । उनले २९ बल खेल्दै ७ रन बनाए । २२ औं ओभरमा आफ्नो पहिलो ओभर लिएर आएका रासिद खानले नेपाललाई पाँचौ विकेट लिए । उनले २२ औं ओभरको तेस्रो बलमा बिनित मेहतालाई पवन सरार्फको हातबाट क्याच गराए । मेहताले १५ बल खेल्दै २ रन जोडेका थिए ।

२३.६ ओभरमा पवन सरार्फले राउल शर्मालाई सन्दीप जोराको हातबाट क्याच आउट गराए । शर्माले ७ बल खेल्दै कुनै पनि रन बनाउन सकेनन् । उनले २६.६ ओभरमा फेरी अर्को विकेट लिए । श्रीदेवलाई भिम सार्कीको हातबाट क्याच गराए । चन्द्रमाओली श्रीदेव १ रनमा आउट भए ।

यसैगरी सुर्य तामाङ ३० ओभरका दुई विकेट लिए । पाँचौ र छैटौ बलमा आ स्वानेय २८ रन र ए गुन शुन्यमा आउट गरे । स्वानेय ले ४ चौका र १ छक्का हानेका थिए ।  पवन सरार्फले ३१ औँ ओभरको समाप्तीमा सुर्दशनलाई आउट गरेसँगै सिङगापुर अल आउट भयो ।

यसअघि मलेसियाको क्वालालाम्पुरमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले ४६.२ ओभरमा अलआउट हुनुअघि २ सय ८२ रन जोड्यो ।

कप्तान रोहित कुमार पौडेलल शतक बनाउन ५ रनले चुके । उनले १ सय ५ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गर्दे ९५ रनमा बनाए । उनी ४६ औं ओभरको पहिलो बलमा अथर्व गुनेको बलमा भेनुगोपालको हातबाट क्याचआउट भएका हुन् । रोहित आउट भएकै ओभरमा नेपालले थप २ विकेट गुमाउँदै अलआउट भयो ।

नेपालले पहिलो विकेटका रुपमा दोस्रो ओभरको चौथो बलमा रित गौतमलाई गुमाएको थियो । रितलाई राहुल शर्माले १ रनमा विकेटकीपर अमन देसाईबाट क्याच गराए । ओपनर पवन सरार्फ अर्धशतक पुरा गर्न ३ रनले चुके । सरार्फले ५३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४७ रनमा आउट भए । सरार्फलाई १९ ओभरको तेस्रो बलमा अथर्व गुनेले सुदर्शनबाट क्याच गराए । दोस्रो विकेटका रुपमा आशिफ शेखलाई राहुललेनै देसाईबाट ८ रनमा क्याच गराउदै पेभिलिएन फर्काए ।

सुरुवाती दुई विकेट सस्तैमा गुमाएको नेपालले तेस्रो विकेटका लागि कप्तान रोहित कुमार पौडेलले र पवन सरार्फले ९० रनको साझेदारी गर्दै बलियो अवस्थामा पुर्याए । लगत्तै २० ओभरको दोस्रो बलमा सन्दीप जोरा डक आउट भए ।

भिम सार्कीले आक्रमक रुपमा ब्याटिङगर्दै १९ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै २६ रनमा आउट भए । कुशल मल्ल ७ बलमा समान १ छक्का र चौका प्रहार गर्दै १० रनमा पेभिलिएन फर्के ।

सातौं विकेटका लागि रोहित र राशिद खानले ७७ रनको आक्रमक साझेदारी गर्दै नेपाललाई विशाल योगफल सम्म लगे । ४१ औं ओभरको चौथो बलमा रोहितसँग रनको तालमेल गर्न नसक्दा राशिद ४८ रन जोड्दै रनआउट भए । राशिदले ४७ बलमा ४ चौका र २ छक्का प्रहार गरे । कमलसिंह ऐरी १८ बलमा १ चौका र ३ छक्कासहित ३१ रन जोड्दै कट बिहाईन्ड भए । सूर्य तामाङ पहिलो बलमै विकेट किपरको हातबाट समातिए । सिंगापुरका लागि अथर्व गुनेले ४, राहुल शर्मा र विनित मेहराले समान २–२ तथा सिंघवीले १ विकेट लिए ।

आजको खेलमा म्यान अफ म्याच पवन सरार्फ घोषित भए । नेपालले दोस्रो खेल शनिवार यूएईसँग खेल्ने छ ।  प्रतियोगितामा नेपालसहित आयोजक मलेसिया, यूएई, ओमान, कुवेत र सिंगापुरले प्रतिसप्रर्धा गरि रहेको छ । प्रतियोगितामा शीर्ष स्थानमा हुने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा हुने एक दिवसिय विश्वकप खेल्ने पाउने छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker