कमल गाउँपालिकाका ७ मा किरात युमा माङहिमको भवन शिलान्यास

कमल झापाको कमल गाउँपालिकाका ७ स्थित मेमेङ्ग टोलमा आज शुक्रवार किरात युमा माङहिमको भवन शिलान्यास गरिएको छ ।

शिलान्यास कमल गाँउपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गरिन् । उनले माङहिमको भवन शिलान्यास गर्दे किरात धर्म प्राचिन धर्म भएकाले यसको संरक्षण र विकासमा राज्यले ध्यान दिनु पर्ने वताईन् । उनले स्थानीय सरकारका तर्फवाट माङहिमको पूर्वाधार निर्माणमा सक्दो सहयोग रहने प्रतिवद्धता जनाईन् ।

माङहिमका अध्यक्ष भिमराज लिम्बुको अध्यक्षतामा भएको सो शिलान्यास कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ कमलका अध्यक्ष छत्रहाङ फागो, किरात याक्थुङ चुम्लुङ कमलका अध्यक्ष पुण्यप्रसाद सम्बाहाम्फे, कमल गाउँपालिका वडा नं ७ का सदस्य भोजकुमार ढुङ्गेल लगायतले माङहिमको भवन निर्माणमा सदैव सहयोग राख्ने जोड दिए ।

माङहिमका सदस्य भिम केरुङ ९संजोक ०ले स्वागत मन्तव्य राखेका सो कार्यक्रममा तमू ह्यू छोजधी गुरूङ राष्ट्रिय परिषद् कमल ५,६ र ७ का अध्यक्ष राजभक्त गुरूङ, किरात राई साकेला माङखिमका सल्लाहकार जितबहादुर राई, राष्ट्रि«य आदिवासी महिला महासंघ कमलकी सल्लाहकार चन्द्रकला सुब्बा, विष्णुकठ्ठा महाराजा थानकी मनमाया धिमाल, पाभीभरा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर लकान्द्री, फाल्गुनन्द आमा समूहकी अध्यक्ष दिलकुमारी लावती लगायत स्थानीय समाज सेवी, बुद्धिजीवी, किरात धर्मावलम्बी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो ।

गाँउपालिकाको ४ लाख रुपैयाको वजेट तथा किरात धर्मावलम्बीहरुको सहयोगबाट माङहिमसहित यज्ञकक्ष लगायतको संरचना निर्माण हुने माङहिमका सचिव विष्णु सुब्बाले वताए । माङहिम वनाउन स्थानीय समाजसेवी गणेशबहादुर लिम्बुले २ कठ्ठा र स्थानीय वुधमाया मावोले १० धुर जग्गा दान दिएका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker