मदन आश्रीत क्याम्पस केर्खामा हेम गए उमनाथ आए

कमल ÷ एक कार्यक्रमका बिच आज मदन आश्रीत स्मृती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लाई विधाई गरेको छ ।
कमल गाउँपालिका ३ केर्खा स्थित क्याम्पमा प्राध्यापन गर्दै आएका हेमनाथ अधिकारी लाई उमेरहदका कारण विदाई गरीएको हो ।
२०५७ सालमा क्याम्पस स्थापना गर्न सन्चालक समितीमा रहेर महत्वपुर्ण भुमिका खेलेका अधिकारी २०६१ साल देखी सोहि क्याम्पसको क्याम्पस प्रमुख भएर क्याम्पसको उन्ननय र प्रगतीकालागी दिनरात लागेका थिए ।
२०७५ साल फागुन १ गते क्याम्पस बाट बिदा भएपनि आज औपचारीक रुपमा विदाई गरीएको हो । कार्यक्रममा क्याम्पस संचालक समितीका अध्यक्ष चक्र गुरुङ्गले सम्मान प्रत्र गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले खादा ओडाएर पुर्व संचालक समितीका अध्यक्ष शरण कुमार पराजुलीले क्यम्पसको तर्फ बाट मायाँको चिनो प्रदान गरेका थिए । सोहि कार्यक्रममा सहकर्मि प्राध्याक बाट समेत मायाँको चिनो प्रदान गरीएको थियो ।


उनि विदा भएपछि सो ठाउँमा सोहि क्याम्पस स्थापना का समय देखी प्राध्यापन गर्दै आएका उमनाथ अधिकारी लाई क्याम्पस प्रमुखको जिम्मेवारी दिएको क्याम्पस प्रशासनले जनाएको छ ।
बिदा भएर गएपनि मनभने यहि क्याम्पसमा र याहाँ अध्यायनरत विध्यार्थिको भविश्यका बारेमा आफुलाई चिन्ता लागीरहेको विदाई पछि आफ्नो मन्तव्यमा निबर्तमान क्याम्पस प्रमुख अधिकारीले बताए ।

This image has an empty alt attribute; its file name is s-576x1024.jpg


याहाँ रहँदा आफुलाई आफ्ना सहकर्मि र व्यावस्थापन समिती ले पुर्याएको सहयोग प्रति धन्यवाद दिदै आगामी दिनमा क्याम्पसले आवश्यकता महशुस गरेमा सहयोग गर्ने समेत अधिकारीले बताए ।
कार्यक्रमका प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले क्याम्पस स्थापना गर्न पुर्याएको सहयोगको प्रशंसा गर्दै क्याम्पस लाई यो अवस्थासम्म ल्याउनका लागी गरेको परिश्रम गाउँपालिकाले कहिलै नविर्सिने र आगामी दिनमा कमल गाउँपालिकाको शिक्षाक्षेत्रको विकासका लागी सहयोग गर्न समेत अनुरोध गरिन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker