राष्ट्रिय सहकारी दिवसमा पत्रकार सहित दर्जनबढी पुरस्कृत

कमल ÷ ६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा पत्रकार सहित दर्जनबढी सहकारीकर्मि पुरस्कृत भएका छन् ।
“ दिगो विकास लक्ष प्राप्तिका लागी सहकारी ”भन्ने नाराका साथ झापा जिल्ला सहकारी संघ लिमिटेडको आयोजनामा सम्पन्न कायृक्रममा सहकारी विटमा पत्रकारिता गरेको भनी पूर्वसन्देश दैनिकका सम्पादक गञ्जबहादुर दाहाललाई उत्कृष्ट पत्रकार र मेचीनगरबाट प्रकाशन हुने लोकतन्त्र पोष्टलाई उत्कृष्ट सञ्चार गृहका रुपमा पुरस्कृत गरीएको छ ।
यसरी पुरस्कृत हुनेमा झापा जिल्लाभरी सन्चालनमा रहेका सहकारी सस्थाका व्यवस्थापक मध्ये पुरुष तर्फ उत्कृष्ट नवोदय बहुउद्देश्यीय सहकारी, कमल गाउँपालिकाका फडिन्द्रबहादुर कार्की र महिलातर्फ भानु बहुमुखी सहकारीसस्थाकी चन्दा सिटौला पुरस्कृत एवम् सम्मानित भएका हुन् ।

This image has an empty alt attribute; its file name is uyqwe.jpg


त्यसैगरी यो वर्ष पुरस्कृत हुने उत्कृष्ट सहकारी संस्थाहरुमा दुर्गेश्वरी कृषि सहकारी संस्था मेचीनगर, धौलागिरी पारिजान बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड र कलवलगुरी कृषि सहकारी संस्था भद्रपुर रहेका छन् ।
यसैगरी, श्रद्धा कृषि सहकारी संस्था अर्जुनधारा, चौतारी बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी र जुरोपानी साना किसान कृषि सहकारी संस्था गौरादहले समेत वर्ष उत्कृष्ट सहकारीको रुपमा सम्मान र पुरस्कृत भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker