प्रधानमन्त्री ओली हावाहुरी प्रभावित जिल्ला जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गएराति हावाहुरीबाट पर्सा र बारामा जनधनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओली आज आफ्नो प्रमुख आतिथ्यमा झापामा हुने तीनवटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने भएका छन् ।

झापामा रहेका प्रधानमन्त्री ओली बिहान १०ः३० बजे सेनाको हेलिकप्टरबाट बारा र पर्सातर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जनाएका छन् ।

केहीबेर अघि ट्वीट गर्दै प्रधानमन्त्री ओलीले बारा र पर्सामा घाइते भएका ६१२ जनामध्ये ३४३ जना उपचारपछि घर फर्किएको जनाएका छन् । उनले तत्काल राहतका लागि सामग्रीसहित नेपाल प्रहरीको थप टोली बिहान पौने ५ बजे पुगेको जानकारी दिँदै घाइतेको उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker