ओली प्रतिष्ठानका चार पुरस्कार वैशाख ७ गते काठमाडौंमा बाँडिने

झापा । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षका लागि पुरस्कृत गरिने प्रतिभाहरु छनोट गरी आज सार्वजनिक गरेको छ।

No posts found.

भद्रपुरमा कार्यालय रहेको प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कारका लागि चयन भएका व्यक्तिहरुको नाम तथा तिनको क्रियाशिलताबारे विवरण सार्वजनिक गरेको हो।

२०६७ सालमा स्थापना भएको प्रतिष्ठानले छैटौ संस्करणको पुरस्कार प्रदान गर्नका लागि नाम छनोट गरेको अध्यक्ष गंगाप्रसाद ओलीले बताए । एक करोड रुपैयाँको अक्षयकोष राखेर समाजमा उल्लेख्य योगदान गर्ने व्यक्ति वा संस्थालाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।

यो पर्ष वैशाख ७ गते काठमाडौंको प्रज्ञा भवनमा समारोहको आयोजना गरी चयनित व्यक्ति र संस्थालाई पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

शताब्दीपुरुष सत्यमोहन जोशीको उपस्थितिमा पुरस्कार प्रदान गर्न लागिएको हो । अध्यक्ष ओलीका अनुसार यो वर्ष रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट ललितपुरको नख्खुका डाक्टर केदार बुढाथोकी पुरस्कृत हुने भएका छन् । बुढाथोकीले नगद १ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

बुढाथोकिले बेलायतको ‘अफ सिजन फ्रेस ओनियन प्रोडक्सन एज दि क्यास क्रप्स’ मा विद्यारिधी गरेर ३५ वर्षसम्म कृषि अनुसन्धान परिषद (नार्क) मा काम गरेका थिए । उनले वर्णशंकर विधिबाट उच्च गुणस्तरको टमाटर उत्पादन प्रक्रियाको विकास गरेका छन् ।

यसरी नै गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कारबाट सुनसरीको धरानका सामाजिक अभियन्ता दुर्गा घिमिरे पुरस्कृत हुने भएकी छन् । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ छ ।

एबीसी नामक संस्था स्थापना गरेर तीन हजार चेलीहरुको उद्धार तथा समाजमा पुनस्थापना गर्न भूमिका खेलेकी घिमिरेलाई पुरस्कार प्रदान गर्न लागिएको हो ।

अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारबाट पत्रकार पर्शुराम खरेल (पी. खरेल) पुरस्कृत हुने भएका छन् । उनले प्राप्त गरेको पुरस्कारको राशि पनि एक लाख एक हजार १११ रुपैयाँ छ ।

लामो समयदेखि पत्रकारिता तथा आमसञ्चार प्रशिक्षणमा सक्रिय खरेल हाल त्रिविको आम सञ्चार विभागमा भिजिटिङ प्रोफेसरको रुपमा कार्यारत रहेका छन् ।

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट दैलेखको गुराँस–३ का बालक यामबहादुर बिक पुरस्कृत हुने भएका छन् । जिल्ला बाल क्लब समितिका अध्यक्षसमेत रहेका बिकले विभिन्न सामाजिक कार्यहरुमा नेतृत्व लिदै आएका छन् । उनले ५१ हजार १११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

यसअघि यसैवर्ष भद्रपुरको लेखनाथ पुस्तकालयको संयोजनमा ५१ हजार १११ रुपैयाँ राशीको श्रीप्रसाद ओली स्मृति साहित्यिक पुरस्कारबाट भारतको गुवाहटीकी साहित्यकार इन्दुप्रभा देवीलाई पुरस्कार प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker