खानेपानीमा दोश्रो कार्यकालकालागी पुन लिम्बु

कमल ÷ सुर्यप्रसाद लिम्बु लाई पुन दोश्रो कार्यकालका लागी अध्यक्षमा सर्बसम्मत निर्वाचित गराउदै झापाको कमल गाउँपालिकामा ४ स्थित तोपगाछी खानेपानि तथा सरसफाई उपभोक्ता समिति स्किम न १ को छैटौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
त्यसैगरी समितीको उपाध्यक्षमा रामचन्द्र बराल,सचिव सुर्यप्रसाद दंगाल सह सचिव दिलिप कुमार चापागाई कोषाध्यक्ष उमा पोख्रेल तथा सदस्य मधुसुधन अधिकारी,एङ्गल गुरुङ्ग,छत्रहाङ्ग फागो , चन्द्र बाहादुरफागो ,मिना ओझा र विष्णुमाया बेघा समेत निर्विरोध निवाचित भएको निर्वाचन समिति सदस्य बदिराम राईले जानकारी दिए ।
त्यसैगरी लेखासमिती संयोजकमा कुवेरधन अधिकारी , सदस्य उमानाथ भण्डारी र मनमाया खतिवडा समेत सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितीले जनाएको छ ।
साधारणसभाले सस्थाको सललाकर समितीको संयोजकमा भिमप्रसाद राई, सदस्य लोकनाथ खनाल, राम गुरुङ्ग , होमा भट्टराई र शान्ति राई समेत सर्बसम्मत चयन भएको निर्वाचन समिती संयोज गौरीमान फागोले जानकारी दिए ।

This image has an empty alt attribute; its file name is yu-1024x576.jpg


साभारणसभामा अध्यक्ष द्वारा प्रस्तुत प्रतिवेदन,लेखासमिती द्वारा प्रस्तुत प्रतिवेदन र लेखापरिक्षकको प्रतिवेदन समेत सर्बसम्मन पारित गरीएको थियो
तोपगाछी खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्याक्ष सुर्यप्रसाद लिम्बुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिकाका मेनुका काफ्ले , लखनपुर खानेपानि तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उषा भण्डारी लगायतले साधारणसभा सफलताको सुभकामना तथा नयाँसमिती लाई बधाई मन्तव्य राखेका थिए ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker