प्रदेश १ का ६ जातीको कार्यपत्र दमकमा प्रस्तुत गरिदै, प्रधानमन्त्री ओलीद्धारा समुद्धघाटन गराईने

कमल ÷ हिमाली क्षेत्रका शेर्पाजाती देखी तराईका राजबंशी सम्मको सामुहिक कार्यपत्र दमकमा प्रस्तुत हुने भएको छ । आगामी चैत्र १७ गते देखी १९ गते सम्म आयोजना हुने प्रदेश स्तरिय बृहत वाङ्मय संगोष्ठीमा ती कार्यपत्र प्रस्तुत गरिने आईतवार आयोजीत पत्राकार सम्मेलनमा जानकारी गराएको छ । नेपाल प्रज्ञा प्रतिस्ठान र दमक प्रज्ञा प्रतिस्ठानले संयूक्त रुपमा आयोजना गरेको सो संगोष्ठीको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्धघाटन गर्ने समेत जनाइएको छ ।

दमक नगरपालिकामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै दमक प्रज्ञा प्रतिस्ठानका अध्यक्ष हेमनाथ अधिकारीले जातीय कार्यपत्र सँगसँगै जातीय सास्कृतीक झाँकी समेत कार्यक्रममा प्रस्तुत गरेने बताए । तीन दिन सम्म चल्ने सगोष्ठीमा चैत्र १८ गते किरात मुन्दुमको कार्यपत्र प्रस्तुत हुने कार्यतालिका रहेको छ । सो कार्यपत्र नेपाल प्रज्ञा प्रतिस्ठानका प्राज्ञसभा सदस्य हरिशचन्द्र लावतीले प्रस्तुत गर्ने जनाइएको छ ।

त्यसै गरि सोहि दिन कोसी प्रस्रवणक्षेत्रको हिमाली जनजीवन सम्बन्धीको कार्यपत्र राजेश्वर थापाले प्रस्तुत गर्ने छन् । सोहि दिन कै तेस्रो कार्यक्रममा कोसी प्रस्रवणक्षेत्रका धार्मीक एवं पर्यटकीय स्थलका बारेमा तयार पारिएको कार्यपत्र प्रस्तुत गरिने छ । यो कार्यपत्र भने बिराटनगर स्थित स्नातकोत्तर क्याम्पसका सस्कृती सस्कृती बिभाग प्रमुख प्राज्ञ डां सोमप्रसाद खतिवडाले गर्ने छन् । त्यसै सोहि क्याम्पसका समाजशास्त्र बिभागका बिभागाध्यक्ष डां डिल्ली प्रसाईले तयार पारेको नेपाल उपत्यका र राजबंशी समुदायको सास्कृतिक अन्तःसम्बन्ध सँग सम्बन्धी तयार पारेको कार्यपत्र प्रस्तुत हुने जनाइएको छ ।

कार्यक्रमको तेस्रो अर्थात अन्तिम दिन दमक क्याम्पसका क्याम्पस प्रमुख उत्तम भट्टराईले सन्थाल लोकसाहित्य वर्तमाज स्वरुप सँग सम्बन्धीत तयार पारेको कार्यपत्र र डा. सोमबहादुर धिमालले धिमाल लोकसाहित्यका बारेमा तयार पारेको कार्यपत्र प्रस्तुत गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

कार्यक्रम समुद्धघाटनकै दिन प्रधानमन्त्री ओलीले दमक नगरपालिकाको नवनिर्मित भवनको समुद्धघाटन समेत गरिने नगर उप प्रमुख गीता अधिकारीले जानकारी दिईन ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker