पतन्जली कमलको होली विषेश कार्यक्रम

कमल ÷पतन्जली योग ईकाई कमल गाउँपालिकाकाले आज विभिन्न कार्यक्रमका साथ होलि विषेश कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा १ महिनासम्म संचालीत सहयोग शिक्षकमा सहभागी लाई दिक्षान्त , चेोथो वार्षिक उत्सव तथा होलि मिलन कार्यक्रम गरेको हो ।
पतन्जली योग ईकाई कमल गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद ओझाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका का अध्यक्ष मेनुका काफ्लेले , विषेश अतिथी केन्द्रिय सदस्य द्वय टिका प्रसाद खतिवडा र लोकनाथ खनाल ले तालिममा सहभागी लाई प्रमाणपत्र का साथै परिचय पत्र प्रदान गर्नु भएको थियो ।
प्रमाण पत्र वितरण पछि वोल्दै प्रमुख अतिथी काफ्लेले तालिममा सिकेका कुरा लाई अव प्रत्येक वडा र टोलटोलमा पुगेर गाउँपािलका मा रहेका हरेक नागरीक लाई योगको माध्यम बाट निरोगी रहने उपायका बारेमा जानकारी गराउन अनुरोध गर्नुभयो ।
त्यसैगरी केन्द्रिय सदस्य टिका प्रसाद खतिवडा ले स्वस्थ्य जल , जमिन,जङ्गल का साथै जवानी बचाउने उपाय भनेको योगनै रहेकोले दैनिक रुपमा योग गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पतन्जली योग केन्द्रिय सदस्य लोकनाथ खनाल, जिल्ला समिती अध्यक्ष देवि प्रसाद घिमिरे, प्रदेश नम्वर १ का सदस्य मिना कोईराला, मोरङ्ग अध्यक्ष जयधर्म आचार्य , कमल गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष नरप्रसाद दंगाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा पतन्जली योग कमल गाउँपालिका लाई आर्थिक लगायत विभिन्न क्षेत्र बाट सहयोग पुर्याए वापत कमल गाउँपालिका को कार्यलय र कमल गाउँपालिक ावडा नम्बर ३ को कार्यलय लाई समेत सम्मान गरीएको थियो ।
पतन्जली योग कमल गाउँपालिका सचिव तिलोचन गोतम र सदस्य मोहन खनालले सन्चालन गरेको कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई पतन्जली योग कमल गाउँपालिका का सस्थापक अध्यक्ष तथा जिल्ला सदस्य उमानाथ भण्डारीले साब्दिक शब्दले स्वगत गर्नुभएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker