वृत्ति परामर्श तथा रोजगार मेला सम्पन्न

दुहवि ,सुनसरिको दुहवि नगरपालिकामा आज एक दिने वृत्ति (तालिम ) परामर्श तथा रोजगार मेला सम्पन्न भएको ।
वेरोजगार युवालाई रोजगारी दिने तथा रोजगारदाता लाई कामदार उपलब्ध गराउने उद्येश्यले मेलाको आयोजना गरेको आयोजकले जनाएको छ ।
दुहबी नगरपालिका ,सुनसरी, बेढीगंगा गाउँपालिका , मोरङ्ग, र उद्योग संगठन मोरङ्गको आयोजना तथा ईन्स्योर परियोजना , प्रविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद, हेल्भिटास नेपालको सहयोगमा मेला सम्पन्न भएको हो ।
मेला उद्घाटन प्रदेश नम्बर १ का मुख्य मन्त्रि शेरधन राईले गमलामा रोपेको फुलमा पानि हालेर गर्नुभएको थियो । उद्घाटन पनि बोल्दै मुख्य मन्त्रि राईले सम्वृद्ध नेपाल , सुखी नेपालि भन्ने सरकारको नारा लाई पुरागर्न यस्तो मेलाले सहयोग गर्ने राम्रो अवसर भएको बताउनु भयो । यसअघि प्रदेश सरकारले ल्याएका केहि कानुनका कारण उद्योग सन्चालनमा समस्या भएको भएपनि अब सगै बसेर ति समस्या कसरि हल गर्न सकिन्न भन्ने विषयमा तिर प्रदेश सरकारको ध्यान गएको समेत राईले बताउनु भयो

This image has an empty alt attribute; its file name is r-1-1024x576.jpg


स्वदेशमा दक्ष कामदार नभएका कारण अहिले कतिपय उद्योगले विदेशि कामदारका कारण आफ्नो उद्योग सन्चालन गरिरहेका छन् अवका दिनमा समय अनुकुल व्यवहरिक शिक्षा ,सिप लगायतका विषय मा स्वदेशमै दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकार लागिपरेको प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्रि जीवन घिमिरे ले बताउनु भयो
दुहवि नगरपलिका का मेयर वेदनारायण गच्छदार ले अध्यक्षतामा भएको कार्यक्रममा उद्योघ संगठन मोरङ्ग अध्यक्ष भीम घिमिरेले कार्यक्रमको उद्येश्य माथि प्रकास पार्दै अवका दिनमा दक्ष युवाले परिवार लाई छोडेर रोजगारीका लागी तातो घाममा विदेशिनु नपर्ने र त्यसका लागी नेपालमै रोजगारी दिने प्रतिवद्धता जनाउनु ।
मेलामा रोजगार परामर्शदाताले , मेलामै उपस्थित योग्य युवाहरु लाई छनौट गरी आजै रोजगार दातालाई उपलब्ध गराउने रोजगार पसलका दिल्लिराम ढकालले जानकारी दिनुभयो
मेलामा ४६ वटा स्टल राखिएका थिए सबै स्टलको मुख्यमन्त्रि राईले अवलोकन गर्नु भएको थियो भने मेलामा उपस्थित उद्योगि हरुले आजै ३ सय ५० जना दक्ष युवा लाई रोजगारी दिने प्रतिवद्धता जनाउनु भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker