मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार बिर्तामोडमा हुने

विर्तामोड ३ चैत ÷ मिस नेपाल २०१९ को झापा अडिसन आगामी मंगलबार झापाको बिर्तामोडमा हुने भएको छ ।
द हिडेन ट्रेजरले गर्दे आएको प्रतियोगिताको यो २५ औं संस्करण हो । झापाको बिर्तामोड स्थित होटल फ्लोरिडामा हुने छनौट कार्यक्रमका लागि मिस नेपालकी कोरियोग्राफर रचना गुरुंग शर्मा र अभिनेत्री आना शर्मा झापा आईपुग्नु भएको छ ।
आइतबार भएको पत्रकार सम्मेलनमा कोरियोग्राफर गूरुंंङ्गले यो बर्षको प्रतियोगितालाई भव्य सभ्य बनाउने जानकारी दिनु भयो । झापाबाट धेरै प्रतियोगिलाई सहभागी गराउने उद्येश्यले आफू स्वयंम छनौटका लागि आएको उहाँले बताउनु भयो ।
झापामा सोमबार र मंगलबार कलेज एक्जिबेशन सहितका कार्यक्रम राखिएको हिडन ट्रेजरका प्रदेश १ का संयोजक प्रणित पुडासैनीले जानकारी दिनु भयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker