सवारी चालकलाई पोशाक अनिवार्य

विराटनगर । दुर्घटना न्यूनिकरण अभियान अन्तरगत सवारी चालक र सहचालककालागि पोशाक अनिवार्य गरिएको छ । सुरु दुर्घटना न्यूनिकरणकालागि चालकलाई सुन्तला रङ र सहचालकलागि हरियो रङको पोशाक अनिवार्य गरिएको हो ।

शुक्रवार दुर्घटना न्यूनिकरण अभियानका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले २०० वटा चालक र सहचालकले लगाउनु पर्ने पोशाक वितरण गरेको थियो । पहिलो चरणमा ट्राफिकले पोशाक वितरण गरेपनि चैत १५ गते भित्र यातायात कम्पनीले चालक र सहचालकलाई अनिवार्य पोशाक उपलब्ध गराउनु पर्नेछ ।

नियमल उल्लँघन गरेको पाइए करवाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिव पोखरेलले जानकारी दिए ।

शुक्रवार आयोजित कार्यक्रममा विराटनगर महानगरपालीकाका मेयर भीम पराजुलीले पोशाक प्रदान गरेका थिए । लामो तथा छोटा दुरीमा चलाउने सवारी चालकलाई सुन्तला र सहचालकलाई हरियो रङको पोसाकको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also

Close
Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker