समयमा दुधको भुक्तानि नपाउँदा ईलामका कृषक लाई समस्या

उमानाथ भण्डारी

No posts found.

पशुपतिनगर ईलाम , २८ फागुन ÷ ईलाम सुर्यदय नगरपालिका का दुग्ध उत्पादक कृषक लाई यतिवेला आफुले विक्रि गरेको दुधको भुक्तानि समयमा नपाउदा समस्यामा परेका छन् ।
पशुपालक कृषकले जसोतसो दुध उत्पादन गरेर डेरीमा विक्रिगरे पनि डेरीले एक देखी ३ महिना सम्मपनी कृषक लाई दुधको रकम भुक्तानी नगरेको सुर्योदय नगरपालिका ३ की कृषक विमला तामाङ्ग बताउनु हुन्छ ।
दुधको रकम समयमा भुक्तानी नपाएका कारण पशुलाई दानापानी दिन आवश्यक घरखर्च चलाउन समेत समस्या हुने गरेको तामाङ्ग बताउनु हुन्छ ।
कृषक ले विक्रि गरेको दुध बाट निर्मित सामाग्री छुर्पि, पनिर ,चिज जस्ता सामन विदेश निर्यातमा विभिन्न समस्या देखाएर पछिल्लो समयमा विदेश निर्यात हुन सकेको छैन । पशुमा प्रयोग गरीने विभिन्न एन्टिवायोटिक औषधी लगातका कारण निर्यात नभएपछि हामि डेरी सन्चालकले पनि कृषकको दुधको भुक्तानि समयमा दिन नसकेको डेरी सन्चालक युवराज राई बताउनु हुन्छ ।
कृषक बाट संकलित दुधले बजार नपाउनु बजारपाए पनि दुधको मुल्य घटबड हुनु जसका कारण डेरी सन्चालक लाई पनि समस्या आएको छ । यसको असर कृषक सम्म पुग्ने गरेको सुर्योदय नगरपालिका ९ स्थित सुन्दर डेरीका सन्चालक समिर यल्मो बताउनु हुन्छ ।
पशुपालन व्यवसायमा थुप्रै समस्या छन् कतिपय समस्या कृषक आफ्नै कारण ले गर्दा भएका छन् भने कति समस्या सम्बन्धित पक्ष बाट भएको सुर्यदय नगरपालिका ९ का अर्का कृषक निमा लेप्चा बताउनु हुन्छ । उनका अनुसार कृषक लाई पशुपालन सम्बन्धि आवश्यक ज्ञानको कमि , आहारा व्यवस्थान जस्ता समस्याका कारण ले गर्दा पनि पशुपालन फस्टाउन नसकेको लेप्चा बताउनु हुन्छ ।

कृषकले पुरानै तरिकाले पशु पालन गरिरहेकोे कुन पशुलाई कस्तोे आहारा दिनुपर्ने , औषधी उपचार कसरी गर्ने , प्रजनन् व्यवस्था कसरि गर्ने लगायतका विषयमा ज्ञान नभएका कारणले पशुपालन को क्षेत्रमा यति ठुलो अवसर हुँदा हँदै पनि पशुपालन व्यवसाय फस्टाउन नसकेको सुर्योदय नगरपालिका ९ का अर्का कृषक दिवश राई बताउनु हुन्छ ।
कृषक लाई पशु विमा, पशु आहारा पशुमा लाग्ने रोगका बारेमा जानकारी दिन अतिनै आवश्यक छ । पशुपालनको क्षेत्रमा यतिठुलो अवसर हुँदाहुँदै पनि यसठाउका कृषक ले पशुपालन बाट आसागरे जस्तो आम्दानि लिन नसकेको स्वस्थ्य प्रविधिक सुरेश रेग्मि बताउनु हुन्छ ।
. दुध उत्पादनको हब मानिएको पुर्वको ईलाम जिल्ला पछिल्लो समय दुध तथा दुग्धजन्य उत्पादनले बजार नपाउदा यस पेशा बाट कृषक क्रमश पछि हट्न थालेका छन् । सरकारले कृषि लाई प्रथमिकता दिरहेका बेला पुस्तौं देखी सन्चलन गर्दै आएको पेशा बाट पछि हट्नु राम्रो होईन । समयमा नै कृषकको समस्या बुझेर सम्बन्धित पक्षले ध्यान नदिने हो भने भोली पशुपालनको क्षेत्रमा ठुलो समस्या आउन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker