सेनेटरी प्याड निर्माण सम्वन्धिको तालिम सम्पन्न
कमल, २६ फागुन ÷ समावेशि महिला शसक्तिकरण केन्द्र कमल गाउँपालिको आयोजना र कमल गाउँपालिकाको आर्थिक सहयोगमा सन्चलनमा रहेको वासेवल सेनेटरी प्याड निर्माण सम्वन्धिको तालिम आज केर्खामा सम्पन्न भएको छ ।
कमल गाउँपालिकाका ७ वटै वडामा भएका सामुदयीक विध्यालयका छात्रा लाई लक्षित गरेर सन्चलन गरीएको तालिममा आज शहिद धर्मभक्त माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय र ज्योति माध्यमिक विद्यालय का छात्रा लाई संयुक्त रुपमा तालिम पदान गरीएको केन्द्रकी सचिव भगवती राईले जानकारी दिईन् ।

समावेशि महिला शसक्तिकरण केन्द्रका अध्यक्ष लक्ष्मि अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्ले, शहिद धर्मभक्त माध्यमिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष चक्र गुरुङ्ग, कमल मदन आश्रीत स्मृति माध्यमिक विद्यालयका व्यवस्थापन समिती अध्यक्ष महेन्द्र अधिकारी ,लगायतले यस किसिमको तालिमले छात्रालाई सहयोग पुग्ने बताए ।
तालिममा सहभागी छात्रालाई किशोरी शिक्षा तर्फ अन्जना सापकोटा र वासेवल सेनेटरी प्याड निर्माणको देवि चौधरीले सहजी करण गरेका थिए ।