श्री किराँतेश्वर माध्यमिक विद्यालयको ५० औं वार्षिक उत्सव समारोह २०७५ विविध कार्यक्रमगरी मनाउन सुरु
चुलाचुली , २१ फागुन ÷ ईलामको चुलाचुली गाउँपालिका ३ स्थित श्री किराँतेश्वर माध्यमिक विद्यालयको ५० औं वार्षिक उत्सव समारोह २०७५ आज बाट विविध कार्यक्रम गरी मनाउन सुरुगरीएको छ ।
विध्यालय व्यवस्थापन समितीका अध्यक्ष शुक्रप्रसाद थलुङ्गको अध्यक्षता मा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चुलाचुली गाउँपालिका का अध्यक्ष प्रदिपचन्द्र राईले ५० वटा पानसमा वत्ति बाल्नुका साथै ५० वर्षे केक काटेर विध्यालयको ५० औं वार्षिक उत्सव समारोहको उद्घाटन गरेका थिए । उद्घाटन पछि आफ्नु मन्तव्यमा राईले विध्यालयको स्तरउन्नती र गुणस्तर शिक्षाका लागी गाउँपालिका सधै सकारात्मक रहेको बताउदै भरपुर सहयोग गर्न आफु तयार रहेको बताए ।
विशेष अतिथी चुलाचुली गाउँपालिका शिक्षाशाखा प्रमुख सुर्य न्यौपाने, विध्यालय व्यवस्थापन समिती का प्रतिनिधी सेतु प्रसाद राई, समाजसेवि राजेन्द्र केरुङ्ग, जनतामाविका प्रधान अध्यापक लक्षिश्वर वनवारी, वडा अध्यक्ष कालिदाश भट्टराई,र नरेन्द्र लावती ,पुर्व विध्यार्थि सुभास आङ्गथोपो लगायतले किराँतेश्वर माध्यमिक विद्यालय चुलाचुली गाउँपालिकाकै पहिलो स्थापित विध्यालय हो । जसले गाउँपालिकामा शिक्षाको विजारोपण गर्न सफल विध्यालयको रुपमा यस विध्यालय लाई लिदै शुभकामना मन्तव्य राखेका थिए ।

विध्यालयका प्रधान अध्यापक कमल प्रसाद अधिकारीले स्वगत मन्तव्य राखेका थिएभने शिक्षक डिल्लिराम न्योपानेले कार्यक्रम सन्चालन गरेका थिए ।
सप्ताहाव्यापि रुपमा विभिन्न कार्यक्रम गरी बनाउन सुरुगरीएको कार्यक्रममा आज पहिलो दिनको कार्यक्रम अन्तरगत भाले जुदाई, हिसाव दौड, चम्चा दौड , रिले दौड, हण्डी फोर , स्लो मोटरसाईकल रेस, भित्र बाहिर, च्याब्रुङ्ग नाच, कोकको बोतल छोप्ने लगायतका खेल सम्पन्न भएको थियो ।
त्यसैगरी भोलिदेखी हुने विधिध खेलमा चित्रकला प्रतियोगित हजिरि जवाफ प्रतियोगिता, विभिन्न प्रकारका दौड, भलिवल, चण्डी नाच, धाननाच, खुल्ला गजल प्रतियोगिता, म्युजिकल चियर्स ,नृत्य, रक्तदान कार्यक्रम फुटवल, छेलो हान्ने, भलिवल, डम्फु नाच, बालन नाच, धामि झाक्रि, विभिन्न जनजातिका नृत्य लगायत का कार्यक्रम गरी वार्षिक उत्सव मनाईने स्थानिय संचारकर्मि विवस भलिभद्र कोईरालाले जानकारी दिए ।