चुलाचुली न्यायीक समितीमा स्थानियको विश्वास बढ्दो ।

निशेष राई सत्यरुप

१७ फाल्गुन, इलाम । इलामको चुलाचुली गाउँपालीकामा उपाध्यक्ष निर्मला दाहलको कार्यकक्ष भित्रै कानुनी सल्लाहकार अधिवक्ता बिक्रम बस्नेतको टेवल राखिएको छ । धेरैजसो गााउँपालीकाका नागरीकहरु आफ्नो समस्या सुनाउदै त्यहीँ पुग्छन् । गाउँपालीकाकै वडा न. २ स्वामि चौकबाट एकजना ’बा’ (नाम खुलाउन नमिल्ने) हस्याङ फस्याङ गर्दै लाठ् िटेक्दै त्यहि कोठा भित्र आउनुभयो, उपाध्यक्ष निर्मला दाहाल र कानुनी सल्लाहकार बिक्रम बस्नेतलार्ई नमस्कार गरेर नरोकी भन्न थाल्नुभयो ”मेरी वहिनी सुस्त मनस्थिती की छे, उनको श्रीमानले तिन दिन अघि अर्की स्वास्नि ल्याएको छ, अव ज्वाईलाई कारवाहि हुन्छ कि हुन्न ?”

स्थानिय सरकारमा नै आधिकारीक रुपमा अधिकार प्राप्त उपमेयर वा उपाध्यक्षको संम्योजकत्वमा न्यायिक समिती बनेपछि न्याय प्राप्तिको सन्र्दभमा स्थानियहरु निकै लाभान्वीत छन् । यसले गरेर स्थानिय तहमा रहेका न्यायीक समितीमा मुद्धाको चाप बढ्दो छ । झनै अदालत सम्म जान नसक्ने नागरीकका लागी यो न्यायिक समिती अहिले ठूलो न्यायलय बनेको छ । नागरीकहरु स्थानिय क्षेत्रमा नै न्यायीक समिती पाउँदा सामान्य मुद्धाका लागीपनि लामो दुरी धाएर अदातल सम्म धाउनु पर्ने बाध्यता हटेको बताउछन् ।
चुलाचुली गाउँपालीकाको न्यायीक समितीमा मुद्धा दर्ता गर्न आउनु भएकी वडा न. २ निवासी अर्कि एकजना (नाम खुलाउन नमिल्ने) महिलाले पनि अदालत सम्म धाउनु नपर्दा आफूलाई धेरै सहजता भएको बताउनुभयो । श्रीमान् संगै सल्लाह गरेर बैदेशिक रोजगारीमा गएको तर केहि बर्ष पछि घर फर्कदा श्रीमानले घर पस्न नदिएपछि आफू न्यायको खोजीमा न्यायिक समिती सम्म आएको भन्दै उहाँले आफ्नो पिँडा सुनाउनुभयो ।

चुलाचुली गाउँपालीकाको न्यायीक समितीमा अघिल्लो आर्थिक वर्ष २०७४÷७५ मा १७ वटा मुद्धा दर्ता भएकामा १२ वटा मुद्धा फच्र्योट गरिएको उपाध्यक्ष तथा न्यायिक समिती संम्योजक निर्मला दाहाल बताउनुहुन्छ । अन्य ५ वटा मुद्धा पनि आन्तरीक रुपमै मिल्ने चरणमा रहेको र यस आ.ब. २०७५÷७६ मा ८ वाटा मुद्धा दर्ता भएको उहाँले जानकारी दिनुभयो । विशेषगरी न्यायिक समितीमा पारीवारीक मुद्धा, जग्गा–जमिन सम्बन्धी मुद्धा, आर्थिक लेनदेन तथा कुटपिट सम्बन्धी मुद्धानै धेरै आउने गरेको चुलाचुलीका कानुनी सल्लाहकार अधिवक्ता बिक्रम बस्नेत बताउनुहुन्छ ।

यस्ता मुद्धा तथा अझै जटिल प्रकारका मुद्धाहरु न्यायीक समितीमा धेरै आउने गरेको कानुनी सल्लाहकार अधिवक्ता बिक्रम बस्नेतले बताउनुभयो । चुलाचुली न्यायीक समितीको हकमा भने अहिले सम्म आएका सबै प्रकारका मुद्धाहरु आन्तरीक रुपमै मिलाएको न्यायीक समिती संम्योजक निर्मला दाहलले जानकारी दिनुभयो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Pin It on Pinterest

WP2Social Auto Publish Powered By : XYZScripts.com
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker